समाचारस्थानीय

स्वर्गद्वारी कृषि सहकारी संस्थाको १३ औं सभा सम्पन्न

भद्रपुर । स्वर्गद्वारी कृषि सहकारी संस्था लिमिटेड, भद्रपुर–८ को १३ औँ वार्षिक साधारणसभा विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ ।

सहकारीका ज्येष्ठ सदस्य दधिराम मैनालीको प्रमुख आतिथ्य तथा सहकारीका अध्यक्ष गोपालबहादुर थापाको सभापतित्वमा सम्पन्न भएको साधारणसभामा उत्कृष्ट सम्मान लगायत गतिविधिका साथ १३ औं सभा सम्पन्न गरिएको हो । साधारणसभाका अवसरमा उत्कृष्ट बचतकर्ता र ऋण कारोवारी, उत्कृष्ट कृषकहरूलाई सम्मान समेत गरिएको थियो ।

 

सम्मानित हुने उत्कृष्ट बचतकर्ताहरूमा भद्रपुर–७ की यमुना पौडेल र भद्रपुर–८ का विशाल थापा रहेका छन् । त्यसैगरी उत्कृष्ट ऋणीतर्फ भद्रपुर–६ का गिरिश अग्रवाल र भद्रपुर–८ की दीपा श्रेष्ठ सम्मानित भएका थिए ।

साधारणसभामा अध्यक्ष थापाले प्रस्तुत गरेको वार्षिक कार्योजना प्रतिवेदनका, आय व्यय विवरणको लेखा प्रतिवेदन र आर्थिक प्रतिवेदन सर्वसम्मत पारित भएको थियो ।

उपाध्यक्ष सुरेन्द्र खत्रीले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन सचिव गुणराज अधिकारीले गरेका थिए भने कार्यक्रममा सल्लाहकार प्रकाश दाहाल र सल्लाहकार संयोजक देवीप्रसाद दाहालले लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।