राजनीतिसमाचारस्थानीय

काँग्रेस भद्रपुर सभापतिमा बन्धु कार्की निर्वाचित

भद्रपुर । नेपाली कांग्रेस भद्रपुर नगर समितिको सभापतिमा बन्धु कार्की विजयी भएका छन् ।

नगर निर्वाचन समितिका अनुसार निर्वाचनमा कार्कीले आफ्ना निकटतम प्रतिस्पर्धी मदन बस्नेतलाई १४ मतान्तरले पछिपार्दै पराजित गरेका हुन् ।

निर्वाचन समितिका अनुसार जम्मा २३२ मत खसेको थियो जसमा विजयी ुभएका कार्कीले १२१ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी मदन बस्नेतले १०७ मत प्राप्त गरेका थिए ।

त्यस्तै, नगर सचिवमा राजु गिरी विजयी भएका छन् । सचिव पदमा विजयी गिरीले ११८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिस्पर्धी टेक बहादुर पाण्डेले १०७ मत ल्याएका छन् ।