एमरेल्ड एकेडेमीमा सिङ्गिन तथा डान्सिङ आइडल सम्पन्न
भद्रपुर । भद्रपुर ७ सगरमाथा स्थित एमरेल्ड एकेडेमीमा सिङ्गिङ तथा डान्सिङ आइडल प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यार्थीमा लुकेर रहेका गायन तथा नृत्य प्रतिभालाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा गायनतर्फ ६ जना र नृत्यतर्फ ५ जना प्रतियोगीले सहभागिता जनाएका थिए। विद्यालयका संस्थापक अध्यक्ष प्रोफेसर डाक्टर पृथ्वीविक्रम राईको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा भद्रपुर शाखाकी अधिकृत पवित्र ढकालको प्रमुख अतिथि रहनुभएको थियो।
रोशन भारती तथा निशान दर्नाल मुख्य निर्णयको भूमिकामा रहनुभएका प्रतियोगिताको नृत्यतर्फ आयुषा लिम्बु प्रथम, सलिना तामाङ द्वितीय र एन्विसा लिम्बु तृतीय हुनुभएको छ। त्यस्तै, गायनतर्फ शिक्षा परियार प्रथम, माङमा सुब्बा द्वितीय र एन्जल खत्री तृतीय हुनुभएका छ। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पवित्र ढकालले यस्ता कार्यक्रमले विद्यार्थीमा रहेका प्रतिभा पहिचान तथा उजागर गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।
त्यसैगरी कार्यक्रमका सभाध्यक्ष प्रोफेसर डाक्टर पृथ्वी बिक्रम राईले विद्यार्थीको प्रतिभा विकासका लागि विद्यालयले अतिरिक्त क्रियाकलापलाई निरन्तरता दिँदै आएको बताउनुभयो। विद्यालयका प्रधानाध्यापक डिगम्बरराज अधिकारीले विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि विद्यालयले प्रत्येक वर्ष एमरेल्ड सिङ्गिङ आइडल तथा डान्सिङ आइडल कार्यक्रम आयोजना गरिने बताउनुभयो। कार्यक्रम विद्यालयका विद्यार्थी, मिलन राजवंशी प्रियन्सी कर्माचार्य, युना गौतम तथा विद्यालयका शिक्षक सिएन गौतमले सञ्चालन गर्नुभएको थियो।
