प्रेस क्लबका खेलाडीलाई सम्मान
भद्रपुर । भद्रपुर प्रेस क्लबले मेची नगर प्रेस क्लबको आयोजनामा पौष २७ र २८ गते सम्पन्न मैत्रीपूर्ण फुटबल प्रतियोगितामा सामेल खेलाडीलाई सम्मान गरेको छ ।
प्रतियोगितामा उपविजेता बन्न सफल क्लबले उत्सव स्वरूप खेलमा सहभागी खेलाडीलाई नगद सहित सम्मान गरेको हो ।
क्लबका अध्यक्ष राजबाबु शंकरको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका पूर्व प्रमुख जीवनकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा खेलमा सहभागी खेलाडीलाई सम्मान गरिएको थियो । क्लबका उपाध्यक्ष तथा फुटबल प्रतियोगिताको नेतृत्व गरेका क्याप्टेन रोहित काफ्लेले सहजीकरण गरेको कार्यक्रममा भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकालले शुभकामना मन्तव्य राख्दै स्वास्थ्यका लागि खेल अनिवार्य रहेको बताएका छन् ।
