समाचारस्थानीय

श्रीकृष्णद्वैपान गुरूकुलमा लगाइएको महापुराणको आयव्यय सार्वजनिक

भद्रपुर । भद्रपुर ७ स्थित श्रीकृष्णद्वैपान गुरूकुल वेद विद्याश्रममा मंसिर १६ गतेदेखि २६ गतेसम्म चलेको ब्रम्हवैवर्त महापुराणको आयव्यय सार्वजनिक गरिएको छ ।
गुरूकुल व्यवस्थापन समितिले सार्वजनिक गरेको विवरण अनुसार आयतर्फ ६५ लाख ३८ हजार ८४२ रूपैया तथा खर्चतर्फ १६ लाख १५ हजार ६ रूपैया रहेको सार्वजनिक गरिएको हो ।

गुरूकुल व्यवस्थापन समितिकी अध्यक्ष शान्ता वरालका अनुसार पुराणबाट संकलित बचत रकम ४९ लाख २३ हजार ८३६ मध्ये अक्षयकोष कटाएर २४ लाख ७९ हजार २३४ रूपैया नगद बैंक खातामा रहेको छ ।

कोषाध्यक्ष गोविन्द कोइरालाका अनुसार पुराणमा दाताहरूबाट रकमको अलवा ७६ मन धान तथा १६७० किलो चामल समेत संकलन भएकोमा धानप्रति मन रू १३००। र चामलप्रति किलो रू ४० मा बेचेर नगदका रूपमा समायोजन गरिएको थियो ।