साना किसान कृषि सहकारी र सिद्धान्त बचत तथा ऋण सहकारीको साधारणसभा सम्पन्न
भद्रपुर । साना किसान कृषि सहकारी संस्था लि. चन्द्रगढीको दशाै बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । भद्रपुर नगरपालिका वार्ड न ८ का वार्ड अध्यक्ष मनोज सुब्बा गाैरवनले उद्घाटन गरेको कार्यक्रममा संस्थाकी अध्यक्ष देवीमाया अधिकारीले संस्थाको बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियोे । उहाँले २० लाख ७९ हजार २ सय रुपैयाँको शेयर पुंजी बताउँदै संस्थाले हालसम्म गरेका गतिविधि तथा भावी कार्ययोजनाका बारेमा प्रकाश पार्नु भएको थियो ।
कार्यक्रममा जेष्ठ सदस्य शिव माया गाैतम लगायत बाल वचतकर्ता, २ जना उत्कृष्ट कारोवारी सहित अन्तर समूह स्थापनाकर्ता समेत ७ जनालाई सम्मान गरिएको थियो । अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सुब्बा ,सहकारी संघ झापाका युवराज गाैतम भद्रपुर नगरपालिका सहकारी शाखा प्रमुख नेत्र पोखरेल, मनकुमार डांगी दिप बहादुर राउत , देवी कोईराला , नयाँ नाथ पाण्डे लगायतले मन्तब्य राख्नु भएको थियो । उपाध्यक्ष दुर्गा देवी पाैडेले संचालन गरेको कार्यक्रममा स्वागत मन्तब्य सहकारीकी भिमा लम्सालले गर्नु भएको थियो ।

सिद्धान्त बचत तथा ऋण सहकारी संस्था लि भद्रपुर झापाको १५ औं वार्षिक साधारणसभा सनिबार चन्द्रगढीमन सम्पन्न भएको छ । संस्थाको आफ्नै सभाहलमा आयोजित साधारणसभाको भद्रपुर १० का वडाध्यक्ष टेकबहादुर खड्का काजीले उद्घाटन गर्नुभएको थियो । सहकारीका अध्यक्ष गोपाल श्रेष्ठले सस्थको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०८१/ ०८२ मा ऋण लगानी लगायतका संस्थाले हाल सम्म गरेका विविध कार्य हरुका बारेमा प्रकाश पार्नुभयो । उहाले १९७१ शेयर सदस्य रहेको सहकारीको ६१ लाख ३१ हजार ७ सय शेयर रकम रहेको बताउदै सहकारीले गरेका गतिविधिका बारेमा प्रकाश पार्नु भएको थियो ।
सो अवसरमा सहकारीकी संस्थाका नि वर्तमान सचिव ऋषि चापागाईं लगायतका जेष्ठ सदस्य उत्कृष्ट बचत कर्ता ऋणी उत्कृष्ट कर्मचारि लगायतलाई नगद सहित प्रशंसा पत्रले सम्मान गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि खड्काले शुभकामना मन्तव्य राख्नु भएको थियो ।श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत उपाध्यक्ष देविमाया प्रधान र संचालन लेखा समिति सदस्य गोविन्द कोईरालाले गर्नु भएको थियो ।
