शिक्षासमाचारस्थानीय

स्टुडेन्ट अफ द ईयर विर्तामोडबाट सुरू हुँदै

भद्रपुर । १३ वर्षदेखि २१ वर्षसम्म उमेर समूहका विद्याथीृ भित्र रहेको प्रतिभा प्रष्फुटन गराउने साझामञ्चका रूपमा नेपालकै बहुप्रतिष्ठित रियालिटी सो झापाको विर्तामोडबाट सुरू हुने भएको छ ।

स्टुडेन्ट अफ द ईयर नाम दिइएको बहुप्रतिभा प्रदर्शनको एक मात्र प्रतिष्ठित डबलीका रूपमा सुरू हुन लागेको प्रथम अडिशन झापाको बिर्तामोडमा ६ मंसिरमा हुने भएको हो ।

नेपालकै सबैभन्दा ठूलो र प्रतिष्ठित स्टुडेन्ट ट्यालेन्ट हन्ट रहेको स्टुडेन्ट अफ द ईयरका क्रिएटिभ हेड ईमरान अलीले जानकारी दिए । उनले देशभरीका १३ वर्षदेखि २१ वर्षसम्मका बिद्यार्थीहरूको सहभागिता रहने बताउँदै झापाको बिर्तामोडसहित देशभरका ११ वटा शहरमा अडिशन हुने जानकारी दिए ।

उनले स्टुडेन्ट अफ द ईयरमा भाग लिन बिद्यार्थीहरुले रजिष्ट्रेसन शुल्क नौ सय उनानसय रूपैयाँ वुझाउनु पर्ने त्यसपछि फाइनलसम्म कुनै पनि शुल्क नलाग्ने समेत प्रष्ट पारेका छन् । झापाको बिर्तामोडमा मंसिर ६ गते नेपालकै पहिलो अडिसन हुने अलीको भनाई छ । मंसीर ५ गते ट्रफी टुर गरिने समेत उनको भनाइ छ ।

स्टुडेन्ट अफ द ईयरका बिजेताले नगद ५ लाख, ५ लाख मूल्य बराबरको छात्रवृत्तिसहित बिभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्ने छन् ।
स्टुडेन्ट अफ द ईयरकी कार्यक्रम सञ्चालिका इभा गिरीले बिद्यार्थी भित्र लुकेर रहेको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यले स्टुडेन्ट अफ द ईयरको आयोजना गरेको बताइन् । सहजै प्रतिभा पस्कन सकिने मूल थलोका रूपमा सो रियालिटी सो आउने बताउँदै गिरीले मापदण्डभित्र पर्नेले भाग लिन नडराइ आउन आग्रह समेत गरिन् ।

कार्यक्रममा स्टुडेन्ट अफ द ईयरका निर्णायक युवा बैज्ञानिक आरिफ अलीले स्टुडेन्ट अफ द ईयरबाट विद्यार्थीले आफूभित्र रहेको प्रतिभालाई निखार्ने मौका पाउने बताए । उनले स्टुडेन्ट अफ द ईयरबाट बिद्यार्थीले आफूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउ पाउने जनाउँदै आफूसित लुकेको प्रतिभा प्रष्फुटन गर्न यो सो भित्र आउन सवैलाई आग्रह समेत गरेका थिए ।

स्टुडेन्ट अफ द ईयरका प्रोडुसर दिव्य सापकोटाले बिद्यार्थीले आफ्नो प्रतिभा देखाउने सजिलो प्लेटफर्म भएको बताउँदै सदुपयोग गर्ने अवसर गुमाउनु नहुने जानकारी दिए ।

स्टुडेन्ट अफ द ईयरका कार्यक्रम संयोजक अश्विन तिम्सिनाले स्टुडेन्ट अफ द ईयरमा बिद्यार्थीले आफूमा भएका सबै प्रतिभा प्रस्फुटन गर्ने भएकाले यस कार्यक्रममा भाग लिन सबैलाई आग्रह गरे । उनले विभेद र अन्याय नहुने कार्यक्रमबाट नेपाली युवा युवतीले सन्सारमा चिनिने मौका निर्माण हुने समेत दावी गरेका छन् । युवा वैज्ञानिक तथा इञ्जिनियर आरिफ अलीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सञ्चालन आरोग्य तिम्सिनाले गरेका थिए ।