शालिग्राम दाहालको नयाँ गीत मेरो साथी सार्वजनिक
भद्रपुर । श्रष्टा शालिग्राम दाहालले नयाँ गीत मेरो साथी लिएर श्रोता माझ आएका छन् । लेखकका रूपमा परिचित दाहालले पहिलो पटक गायकका रूपमा स्थापित हुने लक्ष्यका साथ गायिका सन्तोषी चौहानसित मिलेर सो गीत गाएका हुन् ।
नेपालकै होचो भू–भाग कचनकवलको घेरावारीमा जन्मेका दाहाल लामो समयदेखि शिक्षण पेसामा आबद्ध छन् । झापा सदरमुकाम चन्द्रगढीमा बस्दै आएका दाहालले यस अघि भ्वाइस किड्सका उपविजेता द्वय सुप्रिम मल्ल ठकुरी र अनुजा कडरियाको स्वरमा रहेको “कोपिला“ शीर्षकमा गीत सार्वजनिक गरिसकेका थिए ।
पछिल्लो गीतमा आफैं गायक भएर उदाएका दाहालललाई विराटनगर निवासी सन्तोषी चौहानको सुरिलो स्वर अनि अमिसा न्यौपाने र सञ्जय सिवाकोटीको मुख्य भूमिका रहेको दृष्य चित्र सहितको गीत युटुव मार्फत सार्वजनिक गरेका हुन् । गीतलाई श्रोता दर्शकले अत्याधिक मन पराइरहेका छन् ।
कविता, नाटक र कथाहरूमा लामो समयदेखि कलम चलाइरहेका दाहालले २०८० सालमा दशवटा कथा रहेको “परिचय“नामक कथा संग्रह पनि सार्वजनिक गरिसकेका छन् । जसलाई पाठकले निक्कै रुचाएको पाइन्छ । धेरै गीतहरू रचना गरेका दाहालले आफ्ना म्युजिक भिडियोहरूमा पुराना कलाकारको साथमा नयाँ कलाकारलाई अवसर दिँदै आइरहेका छन् ।
