राजु वरालले आफू युवाहरूको समर्थनमा स्वतन्त्र उम्मेदवार रहेको प्रष्ट पार्दै
चन्द्रगढी । चन्द्रगढी वन उपभोक्ता समितिको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका राजु वरालले आफू युवाहरूको समर्थनमा स्वतन्त्र उम्मेदवार रहेको प्रष्ट पार्दै दलीय भागबण्डा र सिण्डिकेटबाट वनलाई जोगाउन उम्मेदवारी दिएको बताएका छन् ।
वरालले वन, खानेपानी जस्ता बिशुद्ध सामाजिक सेवाका संस्थामा कुनै एउटा दलको समर्थक भएर आउने होइन सचेत नागरिक र जागरूप उपभोक्ताको हैसियतमा वनको संरक्षणका लागि उम्मेदवार भएको प्रष्ट पार्दै नयाँ हुन् या पुराना दलका मखुण्डा ओड्नेहरूबाट सचेत भएर मतदान गर्न उपभोक्तालाई अपील समेत गरेका छन् ।

वरालको अपील जस्ताको त्यस्तै पढौं— उपभोक्ता महानुभावहरु , सामुदायिक वन , खानेपानी जस्ता सस्थाहरुमा निर्वाचन नगरी सर्वसम्मत गरेर एकताबद्ध समाजको उदाहरण दिनु पर्ने ठाउमा स्वार्थ समुहको हालीमुहाली अझ भन्नु पर्दा भुइँ मान्छेलाई पाखा लगाउदै साधन ,श्रोत सम्पन्न पात्र नै पटक पटक सिन्डिकेट र सेटिङ बनाएर नेतृत्व हत्याउने योजनामा आइरहदा सामुदायिक वनको सबै खाले सेटिङ र सिन्डिकेट बिरुद्द मेरो अध्यक्ष पदको उम्मेदवारी भुइँ मान्छेको आवाज हो ।
आदरणीय उपभोक्ता महानुभावहरु , आज मुलुकमा बिभिन्न आन्दोलनहरु बाट वन , जल र जमिनमा प्राप्त अधिकारहरुको सदुपयोग गर्ने कुरामा केही स्वार्थ समुह मात्र हाबी हुन दिने कि समयको माग र युवा भावनालाई आत्मसात गर्दै आएको स्वतन्त्र युवालाइ साथ दिने ? अहम प्रस्न सिर्जना भएको छ । यस अवस्थामा पार्टी भन्दा माथी उठेर वन सम्पदाको सदुपयोग र संरक्षणका लागि सबै खाले सेटिङ र सिन्डिकेटका बिरुद्ध मलाई अध्यक्ष पदमा निर्वाचित गराउन मतदान गर्न हुन सम्पुर्ण उपभोक्ता महानुभावहरुमा हार्दिक अनुरोध गर्दछु ।
