चन्द्रगढी वनमा ८ जना अध्यक्षका उम्मेदवार
चन्द्रगढी । चन्द्रगढी सामुदायिक वन समूहको आसन्न निर्वाचनका लागि ८ जनाले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् ।
यही कार्तिक २२ गते हुने निर्वाचनका लागि प्रमुख राजनीतिक दल तथा स्वतन्त्र गरी ८ जनाले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन् ।
अध्यक्षका लागि नेपाली कााग्रेसको समर्थनमा गुरूप्रसाद घिमिरे, नेकपा एमालेको समर्थनमा अनुज खतिवडा, राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा चुडामणि मैनाली, स्वतन्त्र हिराप्रसाद पोखरेल, जेनजी युवाहरूको समर्थनमा राजु वराल, स्वतन्त्र रूपमा रमेश न्यौपाने, पुण्यप्रसाद पोखरेल र कृष्णप्रसाद दाहालले उम्मेदवारी दिएका छन् ।
यसैगरी उपाध्यक्षमा ८, सचिवमा ५, सहसचिव ६ र कोषाध्यक्षमा ४ जनाको उम्मेदवारी परेको निर्वाचन समितिले जानकारी दिएको छ । त्यस्तै खुल्ला महिला सदस्यमा ४ जनाको उम्मेदवारी परेको छ । ५ वटा क्षेत्र रहेको समूहमा २, ५ र ९ नम्वर क्षेत्रका सहसंयोजक निर्विरोध चयन भएका छन् भने अन्य क्षेत्रका संयोजक सहसंयोजकका लागि उम्मेदवारी परेको छ ।
२६ वर्ष अगाडिबाट समूहको स्वामितवमा आएको चन्द्रगढी वन चारआली निचाझोडा जंगल अन्र्तगत ४३०.५९ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
चन्द्रगढी वन उपभोक्ता समितिको आसन्न निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका हिराप्रसाद पोखरेलले आफू कुनै दलको उम्मेदवार नभएर स्वतन्त्र उम्मेदवार रहेको प्रष्ट पारेका छन् ।
विभिन्न सञ्चार माध्यममा आए जस्तो कुनै एउटा दलको समर्थक नभएर सचेत नागरिक र जागरूप उपभोक्ताको हैसियतमा वनको संरक्षणका लागि उम्मेदवार भएको प्रष्ट पारेका हुन् ।
