समाचारस्थानीय

चन्द्रगढी दोस्रो खानेपानीको अध्यक्षमा जगतप्रसाद तिवारी विजयी

चन्द्रगढी । चन्द्रगढी दोस्रो खानेपानी उपभोक्ता तथा सरसफाई समिति भद्रपुर ९ को कार्तिक ११ गते सम्पन्न निर्वाचनबाट अध्यक्षमा जगतप्रसाद तिवारी ४२३ मतका साथ विजयी भएका छन् ।

तिवारीले निकटतम प्रतिष्पर्धी बद्रीप्रसाद उप्रेतीलाई २२६ मतमा सिमित पार्दै विजयी भएका हुन् । त्यसैगरी उपाध्यक्षमा घनश्याम अधिकारी (३२७), सचिव सन्तोसकुमार खडका राजु (३२४), सह सचिव बिमला पौडेल दाहाल (४१३) र कोषाध्यक्षमा कल्पना पौडेलले २६१ मतका साथ विजयी भएकी छिन् ।

त्यस्तै सदस्यहरू टेकबहादुर रोका, भिमप्रसाद निरौला, सुरेस घिमिरे र निरा भुजेल विजयी भएको निर्वाचन समिति सदस्य राजु वरालले जानकारी दिएका छन् ।