समाचारस्थानीय

भद्रपुरमा छठ पूजा सहित गंगा आरती गरियो

भद्रपुर । कोशी प्रदेशको सर्वाधिक जनसहभागिता रहने छठ पूजा स्थलको पहिचान बनाएको भद्रपुर स्थित मेची नदीमा नेपाल तथा भारततिरबाट वारिपारि भव्य रूपमा छठ पूजा गरिएको छ ।


तराइबासीको महत्वपूर्ण पर्व मानिए पनि भद्रपुरको मेची किनारमा हिमाली, पहाडी मारवाडी, बंगाली लगायत अधिकाम्स जात जातिको साझा प्रतिनिधित्व हुने गरी समावेशी रूपमा छठ पूजामा अस्ताउँदो सूर्यलाई अर्घ दिएर भव्य स्वरूपमा पूजा गरिएकोे हो ।

नेपाल–भारतको सिमावर्ती क्षेत्रमा पर्ने झापाको सदरमुकाम भद्रपुर स्थित मेची नदीमा मनाउदै आएको छठ पर्वमा एक हजार बढी पूजा स्थल निर्माण गरी ३ किलो मिटर क्षेत्रमा नदीको वारिपारी दुवै पट्टिबाट हिमाल, पहाड र तराइका बासिन्दाले सहभागी भएर साझा पर्व मनाइ रहेका छन् ।

पूजा स्थलका लागि नेपाल भारतका सुरक्षा कर्मीले सम्युक्त गस्ति गरिरहेका छन् भने विभिन्न सामाजिक संघ संस्थाले मेलामा सहभागी भक्तजनका लागि पानी तथा चियाको निशुल्क व्यवस्था गरेका छन् ।

पछिल्ला वर्षहरुमा भद्रपुर तथा भारतको गलगलियाका स्थानीयले यस पर्वलाई समावेशी साझा पर्वको रूपमा लिने गरेको पाइएको छ । चारदिनसम्म मनाइने छठ पर्वमा तेस्रो दिन बेलुका अस्ताउँदो सूर्यलाई अर्घ दिने र चौथो दिन विहान उदाउदो सूर्यलार्य अर्घ चढाएपछि सम्पन्न हुने गर्छ । यो पर्वमा जन सहभागिता नेपालको जनकपुर पछिको दोस्रो स्थान भद्रपुरले लिने गरेको मैथिल समाजका अग्रज विकासकुमार गुप्ताले जानकारी दिए ।

झापामा मेची निन्दा, हडिया, देउनिया, अदुवा, बिरिङ, कन्काइ नदी,रतुवा खोला किनारमा भव्य रूपमा सजावट सहित छठ पूजा गरिने गरिएको छ । जन सहभागिकाका दृष्टिले भद्रपुर स्थित मेची घाट बढी व्यस्त हुने गरेको छ ।

यसै बिच छठ पर्वको अवसर पारेर मेची घाटमा रहेको छठी माता मन्दिर परिसरमा गंगा आरतीको आयोजना गरिएको छ । भद्रपुर नगरपालिकाले आयोजना गरेको गंगा आरतीको नगर प्रमुख गणेश पोखरेलले सुरूवात थिए ।