आम सञ्चार विधेयक सच्याउन दवाव दिँदै झापाली पत्रकारहरूले धर्ना दिए
भद्रपुर । संविधानको मर्म विपरित कोशी प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आम सञ्चार विधेयक सच्याउन दवाव दिँदै झापाली पत्रकारहरूले जिल्ला प्रशासन कार्यालय झापाको मुख्य गेट अगाडि एक घण्टा धर्ना दिएका छन् ।
प्रदेशव्यापी आन्दोलन अन्र्तगत स्वतन्त्र प्रेस विपरित तयार भएको आम सञ्चार विधेयक सच्याउन माग राखेर झापाली पत्रकारले जिल्ला प्रशासन कार्यालय झापामा घर्ना दिएका हुन् ।

पत्रकारहरूले सो विधेयकलाई पत्रकारितामाथि नियन्त्रण गर्न खोजिएको भन्दै आपत्ति जनाएका हुन् । धर्नामा सहभागी पत्रकारहरूले ‘पत्रकारिता नियन्त्रण गर्ने विधेयक खारेज गर’, ‘स्वतन्त्र प्रेस हाम्रो अधिकार’ जस्ता नारासहित विरोध प्रदर्शन गरेका थिए ।
नेपाल पत्रकार महासंघ झापा शाखाका पदाधिकारी तथा विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरूको उपस्थिति रहेको धर्नामा वक्ताहरूले प्रस्तावित विधेयकले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर खतरा उत्पन्न गर्ने बताएका छन् ।

उनीहरूले प्रदेश सरकारलाई विधेयक तुरुन्त फिर्ता लिन आग्रह गर्दै चेतावनी दिएका छन्, “पत्रकारिता नियन्त्रण गर्ने प्रयास सफल हुन सक्दैन” भन्दै नेपल पत्रकार महासंघका पूर्व महासचिव चन्द्र भण्डारी, पत्रकार महासंघ कोशीस् प्रदेश उपाध्यक्ष अम्बिका भण्डारीले धारणा राख्दै बिधेयक सच्याउन प्रदेश सरकार जिम्मेवार हुनै पर्ने धारणा राखेका थिए ।
