तुलशिको महत्व :
इन्द्रप्रसाद ओली
शास्त्र हराए संस्कार हराउछ
संस्कार हराए संस्कृती हराउछ
संस्कृती हराए पहिचान हराउछ
पहिचान हराए राष्ट्र हराउछ ।
–
वनस्पती बोटविरुवा मध्ये सबै भन्दा उपयोगी सनातन धर्म संस्कृतिको मुल्यमान्यता अनुसार महत्वपुर्ण रुपमा मानिदै आएको तुलशी हो । जति सनातन धर्ममा यसको महत्व दर्शाइएको छ तेति नै महत्व वैज्ञानिक पक्षमा समेत रहेको छ ।
आज हरिशयनी एकादशी व्रत (तुलसी रोप्ने) । चतुर्मास व्रत आरम्भ भएको दिन हो ।
नेपाली पात्रो ‘पञ्चाङ’ अनुरूप एउटा पूर्ण चन्द्रमा पुनः नयाँ चन्द्रमा भएर आकाशमा उपस्थित हुन लगाउने समयलाई पन्ध्र वटा समान समय भागमा विभाजन गरिएको छ । चन्द्रको प्रत्येक चलायमान समय भागलाई तिथि भनिन्छ । चन्द्रको अवस्थिति अनुसार तय गरिएको तिथिको एघारौँ दिनलाई एकादशी भन्ने गरिन्छ ।
वैदिक सनातन हिन्दू धर्ममा एकादशीलाई भगवान विष्णुको उपाशना गर्ने दिनका रूपमा लिइदै आइएको छ । भविष्योत्तर पुराणमा एकादशीहरूको महिमा प्रष्टसँग वर्णन गरिएको छ । व्रत बस्ने, भजन गर्ने, एकादशी महात्मय कथा श्रवण गर्ने र जप, होम आदि गर्ने चलन समेत परम्परा देखि नै चलिआएको छ ।
आषाढ शुक्ल–पक्षमा पर्ने हरिशयनी एकादशीलाई एउटा महत्वपूर्ण एकादशीका रूपमा वैदिक शास्त्रहरूमा व्याख्या गरिएको पाइन्छ । कहिँकतै ग्रन्थहरू र जनउक्तिमा पनि यस एकादशीलाई देवशयनी एकादशी पनि भन्ने गरेको पाइन्छ । श्रृष्टिकर्ता भगवान हरि अर्थात् विष्णु यस एकादशीबाट चार महिनाका लागि पातालमा शयन (सुत्न) जाने विश्वास गरिन्छ । त्यहीकारण यस एकादशीलाई हरिशयनी एकादशी या देवशयनी अथवा असारे एकादशी पनि भन्ने गरिन्छ ।
यश दिन चीर निन्द्रामा गएका भगवान् हरि चर्तुमास सकी एकैचोटि कार्तिक महिनाको हरिबोधिनी एकादशीमा मात्र जागा हुने जनविश्वास रहेको छ । हरिशयनी एकादशीलाई तुलसीरोपण दिवस भनेर बुझिन्छ ।निर्जला एकादशीको दिन छरेको तुलसीको बिउलाई आजको दिन रोप्दै पूजा गरिन्छ ।
हरेक सनातनी ( हिन्दु) धर्ममा आस्था विस्वास गर्नेहरुको घरको प्राय: मुल ढोका को दाहिने पट्टि पारेर तुलशाको मठ बनाएको हुन्छ तुलसाको मठले समेत सनातनी धर्ममा आस्था राख्नेको घर हो भनी यसले संकेत समेत गरेको हुन्छ ।कति पय अवस्थामा चाहिँ शहरिकरण हुँदै जाँदा मुलढोका को दाहिने पट्टि रोप्न सहज अनुकुल नमिले अनुकुलता अनुसार रोप्ने गरेको पाइन्छ ।तर यसको वैज्ञानिक पक्ष , धार्मिक पक्ष, स्वास्थ्य क्षेत्र र वातावरण आदि क्षेत्रमा तुलशी बाट हुने फाइदा लाइ जन जन मा पुर्याउन सके अझ सबै लाभान्वित हुने र तुलशी सबैले रोप्ने नै छन ।
सनातन धर्ममा तुलसी रोप्दा भगवान् विष्णुको प्रतीकको रूपमा लिइन्छ ।
तुलसीविना भगवान विष्णुको कुनै पनि पूजा आराधनाले पूर्णता पाउँदैन । तुलसी अति उपयोगी वनस्पति हो, यसको पात होस् या फूल सबैले उपयोगी औषधिको काम गर्दछन् ।
तुलशी रोपेको घर
तीर्थ समान समान हुन्छ ।तुलशी डाँठको माला मा प्रगोग गरिन्छ , तुलशी को मालाको बडो महत्व छ ।साथै रुघाखोकी, ज्वरो जस्ता थुप्रै बिरामीहरूको उपचारमा तुलसी, घरेलु औषधिका उपयोगमा ल्याउने गरिन्छ । तुलसी घरमा रोप्नाले घर वरपर नकारात्मक उर्जाहरू नास हुने , वर्षा हुने स्वच्छ वातवरण हुने मान्यता पनि छ । वैज्ञानिक पक्षले आज झन तुलसीको निक्कै महत्व निक्कै बडेको छ । त्यसैले पनि होला ।हरिशयनी एकादशीमा पूजा अर्चना र व्रत बस्नाले सम्पूर्ण पापको मोचन हुने र सुकर्म फल प्राप्त हुने विश्वास रहिआएको छ । ‘भविष्योत्तर’ पुराणमा उल्लेख भएअनुसार सर्वप्रथम यो एकादशीको महिमा भगवान ब्रह्माले नारदजीलाई भनेको र पछि युधिष्ठिरले भगवान कृष्णलाई पनि सुनाएको उल्लेख गरिएको छ ।
शास्त्रीय कथन अनुसार, एकादेशमा एउटा सम्पन्न राज्यमा एकजना धार्मिक राजा मन्दाताले शासन गर्ने गर्थे । तर लगातारका तीन वर्षको खडेरीले गर्दा त्यस राज्यमा समस्या उत्पन्न भएको थियो । नदी–नाला सुक्न थालेका थिए । रुख विरुवाहरूले हरियाली गुमाइसकेका थिए ।राजाका अपराधका कारणले गर्दा पनि राज्य र नागरिकले समस्या भोग्छन् भन्ने मान्यता थियो । त्यसपछि राजा मन्दाताले आफ्नो कुनै गल्तीका कारणले वर्षाका देवता भगवान् नारायण आफूसँग रिसाउनुभएको ठानी जति गर्दा पनि उनी आफूबाट भएको भूल पत्ता लगाउन सकिरहेका थिएनन् । एक दिन राजाले अंगीरा नामका ज्ञानीलाई भेटेर समस्याको सामाधानका रूपमा हरिशयनी एकादशीको महिमाबारेमा थाहा पाउँछन् । यस एकादशीको दिन पूजा अर्चना र व्रत बसेपश्चात् राज्यमा वर्षा भएको जनविश्वास छ । यी कथाहरूले जेसुकै भनेपनि राम्रो र सत्य–कर्म मानव जीवनको अमूल्य सम्पत्ति हो । सनातन काल देखि नै ऋषि महर्षी हरुले खोज अनुसंन्धान गरि मानव लाई आवश्यक पर्ने वातवरण लाई शुद्ध बनाउने स्वथ्य रहने यस्ता महत्वपुर्ण बनस्पती को खोज ले हामी लाई सुरक्षित र गौर्वान्वित बनाएको छ ।
चतुर्मास व्रत आरम्भ
हरिशयनी एकादशीदेखि हरिबोधनी एकादशीसम्मका चार महिना भगवान विष्णुले शयन गरेको अवस्थालाई चतुर्मास भनिन्छ । यस बेला भगवान विष्णुले आफू शयन गर्ने हुँदा भगवान शिवलाई आफ्नो कार्यभार सुम्पेका हुन्छन् । तसर्थ, धार्मिक मान्यता अनुसार आजको दिनदेखि श्रद्धालुहरूले विशेषगरी भगवान शिवको पूजा–आजा गरी व्रत बस्ने गर्छन् ।
भगवान विष्णु शयन गर्ने यो चार महिनाभित्र श्रावणि व्रत, गणेश चतुर्थी, हरितालिका तिज, ऋषिपञ्चमी, नागपञ्चमी, नवरात्री, कोजाग्रत पूर्णिमा, गोवर्धन पूजा आदि जस्ता थुप्रै दिनहरूमा बसिने व्रतहरू चतुर्मास व्रत हुन् । यो चार महिनाको समयमा आफ्नो शारीरिक र मानसिक अवस्थाले साथ दिएसम्म व्रत बस्नु शुभ फलदायी हुने मान्यता रहेको छ
असार शुक्ल एकादशीका दिन अर्थात् आज घरमा तुलसीको बिरुवा रोपी पूजा शुभारम्भ गरेर आजको एकादशीसहित चतुर्मास व्रत को सुरुवात गरिँदैछ । असार शुक्ल एकादशीदेखि कात्तिक शुक्ल एकादशीसम्मका समयलाई चर्तुमास भनिन्छ । कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी वा ठूलो एकादशी का दिन तुलसीको दामोदरसँग विवाह गरेपछि चर्तुमास सकिन्छ ।
विष्णु भगवान चीर निन्द्रामा सुतेको बेला अर्थात् चर्तुमासभरि कुनै पनि मङ्गल कार्यहरू कार्य लगन तथा मुहुर्तहरू हुन्छन। यसरी सनतन काल देखि नै तुलशी घर घरमा रोप्ने गरिन्छ ।अन्य बनस्पती भन्दा तुलशीको महत्व छ ।
इन्द्रप्रसाद ओली
अध्यक्ष
राष्ट्रीय हिन्दु एकता मन्च नेपाल