मोर्डन र सेन्ट कुजुरका विद्यार्थी धान रोपाइँमा

राजु बराल

चन्द्रगढी । झापाको भद्रपुरका दुई सस्थागत विद्यालयका विद्यार्थीले आज धान रोपेका छन ।

धान दिवसको अवसरमा मोर्डन अङ्ग्रेजी मा.वि .र सेन्ट कुजुर एकाडेमीका विद्यार्थीले भद्रपुर ९ को देवकोटा चोक स्थित जगत तिवारीको खेतमा धान रोपेका हुन ।

मोर्डन र सेन्ट कुजुरका एक सय भन्दा बढी विद्यार्थी धान रोपाइँमा सहभागी भएका थिए ।विद्यार्थी लाई किताबको सैद्धान्तिक ज्ञानका अतिरिक्त ब्यवहारिक ज्ञान प्रदान गर्नुका साथै श्रम प्रति सम्मान जनाउने उद्देश्यले धान रोपाइँमा सहभागी गराइएको मोर्डन अङ्ग्रेजी मा .वि .का प्रधानाध्यापक बिकेन्द्र श्रेष्ठले बताउनु भयो ।

धान रोपाइँमा उत्साहित रुपमा विद्यार्थी सहभागी भएको हुदा आगामी वर्ष देखि यसलाई अझ योजनाबद्द रुपमा अघि बढाउने लक्ष्य रहेको सेन्ट कुजुर एकाडेमीका शिक्षक राजु बरालले जानकारी दिनु भयो । धान रोपाइँ समापन पछि विद्यार्थीहरु लाई असार १५ दही चिउरा खाने पर्वको स्मरण गर्दै सोही अनुसार खाजाको ब्यवस्थापन समेत गरिएको थियो ।