“जून हौ तिमी ।”

चन्द्रकला श्रेष्ठ, भद्रपुर झापा ।

जून हौ तिमी ? म जून हो रे !
अँध्यारो रातमा मैले उज्यालो दिनु पर्छ रे !
सयौं हजारौं मानिसको जीवन मेरो किरणले चल्छ रे !
सवैका लागि गरेँ तर, मेरो लागि गर्ने कोही छैन रे !
मैले गरेको हेर्ने कोही छैन हरे ! !

बादलले मलाई सोध्यो “कस्तो छ्यौ तिमी ?”
मैले उसलाई यही सम्झाएँ
उसले भन्यो “जून हौ नि तिमी हामीभन्दात राम्री छ्यौ ।”
उसलाई कसले भनिदिने
खुला आकाशमा उड्न पायो
सूर्यको किरणमा चिनिन पायो ।
यस्तो अवसर पाएको भए पनि ऊभन्दा लायक हुन्थे होला ।

मैले सवैलाई सोधेँ “को हुँ म ?”
सवैले एकै स्वरमा भने “जून हौ तिमी ।”
आफू रहेको नक्षेत्रलाई सोधेँ “को हुँ म ?”
सवै ताराहरूले एकै स्वरमा भने “जून हौ तिमी ।”
आफू छेउको धर्तीलाई सोधेँ “को हुँ म ?”
सवै मानिसले एकै स्वरमा भने “जून हौ तिमी ।”