समाचारस्थानीय

खुसीको आख्यान कृति खुशीको गाउ नेदरल्याण्डमा बिमोचित

भद्रपुर । झापाकी चर्चित स्रष्टा खगिन्द्रा खुसीको आख्यान कृति (उपन्यास) “खुशीको गाउ”ँ नेदरल्याण्डमा बिमोचन गरिएको छ ।

विश्व भूटानी साहित्यिक संगठन जिबिएलओको आयोजनामा सम्पन्न तीन दिने साहित्यिक तथा साँस्कृतिक कार्यक्रमको दोस्रो दिन जेठ ३१ गते सो उपन्यास बिमोचन गरिएको हो ।

जिबिएलओका अध्यक्ष कर्ण गुरुङ्गको अध्यक्षता तथा नेदरल्याण्डका लागि नेपालकी राजदुत सेवा लम्सालको प्रमुख आतिथ्यमा भव्य कार्यक्रमका बिच विमोचन गरिएको थियो ।

झापा सदरमुकाम चन्द्रगढी निवासी रेडियोकर्मीको पहिचान बनाएकी खुसी छन्द कविता लेखन, गायन, उद्घोषण र फुटकर रचनामा चर्चित स्रष्ठा हुन् ।

कृति विमोचन कार्यक्रममा प्रमुख अतिथि सेवा लम्साल, सभाध्यक्ष कर्ण गुरुङ्ग स्रष्टा प्रकाश आङ्देम्बे लगायतको बाहुलीबाट उपन्यास विमोचन गरिएको थियो । जिबिएलओले प्रकाशन गरेको सो उपन्यास भुटानी शरणार्थी शिविरसँग सम्बन्धित विषयमा लेखिएको उपन्यासकार खगिन्द्रा खुसीको भनाइ छ ।