आरती पोखरेलको तेस्रो कृति ‘अन्तस्करणका प्रतिविम्बहरू’ विमोचित
भद्रपुर । लेखनाथ पुस्तकालय चन्द्रगढीकोे अन्तिम शुक्रबारे कार्यक्रम अन्तरगत स्रष्टा आरती पोखरेल अनुद्वारा लिखित तेस्रो कृति ‘अन्तस्करणका प्रतिविम्बहरू’ नामक मुक्तक संग्रहको विमोचन गरिएको छ ।
पुस्तकालयको सभाहल चन्द्रगढीमा आयोजित कार्यक्रमका प्रमुख अतिथि पूर्व प्राज्ञसभा सदस्य शुभद्रा भट्टराईले कृतिको विमोचन गरेकी थिइन् ।
पुस्तकालयका कार्यक्रम संयोजक होम सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमा कृतिको समीक्षा सहप्राध्यापक चुडामणि वशिष्ठले गरेका थिए ।
पुस्तकालयकी सदस्य निर्मला बास्तोलाले स्वागत गरेको कार्यक्रमको संचालन सचिव हरिकिशोर आचार्यले गरेको थिए ।
कार्यक्रममा प्रमुख अतिथि भट्टराई ,साहित्यकार भवानी क्षेत्री, ठाकुर पोखरेल लगायतले मन्तव्य राखेका थिए भने सहभागी साहित्यकार कविहरूले आआफ्ना कविता तथा मुक्तक समेत वाचन गरेका थिए ।
