कक्षा ८ उत्रिर्ण विद्यार्थीलाई बिदाई

भद्रपुर । भद्रपुर ९ मा रहेको श्री जीवन ज्योति आधारभुत विद्यालय झापाले आइतबार आयोजीत कार्यक्रमका वीच पुरस्कार वितरण सहित कक्षा ८ उत्रिर्ण विद्यार्थीलाई बिदाई स्वागत गरेको छ ।

विद्यालय प्रागणमा सम्पन्न कार्यक्रममा विपन्न बर्गका १५ जना विद्यार्थीलाई व्याग सहित शैक्षिक सामग्री वितरण गरिएको हो ।

राष्ट्र सेवक बचत तथा ऋण सहकारीको २६ अाै स्थापना दिवसको सन्दर्भमा साैजन्य गरेको सामग्री लगायतका शैक्षिक सामग्री वितरण गरिएको थियो ।

उक्त सामग्री विद्यालय व्यावस्थापन समितिका अध्यक्ष नुतन पाैडेलले वितरण गर्नु भएको थियो । सो अबसरमा कक्षा ८ उत्रिर्ण भएर जाने विद्यार्थीलाई डायरी सहित विदाइ गरिएको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष पाैडेलले नया भर्ना हुने विद्यार्थीलाई १ थान व्याग सहित शैक्षिक सामग्री उपलब्ध गराउने, कम्पुटर ल्यावको व्यावस्था,उत्कृष्ट विद्यार्थीलाई अक्क्षय कोष मार्फत पुरस्कार प्रदान लगायतका योजना हरु रहेको बताउनुभयो ।

सो अबसरमा देवकोटा युवा क्लबले कक्षा ८ मा उत्कृष्ट अंक ल्याई उत्रिर्ण हुने आकृति लिम्बूलाई एक थान निशुल्क साईकल समेत वितरण गरिएको थियो । पाैडेलको अध्यक्ष्ातामा सम्पन्न कार्यक्रममा वविता भण्डारी ,रमेश उप्रेती लगायतले मन्तव्य राख्नु भएको थियो । गोपीकृष्ण न्याैपानेले संचालन गरेको कार्यक्रमको स्वागत विद्यालयकी प्र अ निर्मला पा‌डेलले गर्नु भएको थियो ।