राजनीतिसमाचारस्थानीय

भद्रपुर नगर कला, साहित्य तथा संगीत प्रतिष्ठानको बृहत कार्यक्रम

भद्रपुर । भद्रपुर नगर कला, साहित्य तथा संगीत प्रतिष्ठानको आयोजनामा भद्रपुरमा बृहत साहित्यिक एवम् साँगीतिक कार्यक्रम सम्पन्न गरिएको छ ।

प्रतिष्ठानका कार्यवाहक अध्यक्ष फणिन्द्र पोखरेलको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा कविता वाचन, गायन तथा नृत्यकला प्रदर्शन गरिएको हो ।

महेन्द्र कोइरालाले स्वागत गरेको कार्यक्रममा भद्रपुरका स्थापित साहित्यिक, सांगीतिक श्रष्टादेखि नव प्रतिभा स्रष्टासम्म एउटै मञ्चमा उभिएर आ—आफ्नो कला प्रदर्शन गरेका थिए ।

डिल्लीरमण नेपाल र धनकुमारी खरेल लताले सञ्चालन गरेको कार्यक्रममा प्रा.डा गंगाप्रसाद अधिकारी, सह प्राध्यापक होम सुवेदी, कवि विरही अधिकारी, जयन्ती मानी, सत्यनारायण तायल, तीर्थ चापागाई, अनिता राजवंशी, हरिप्रसाद न्यौपाने, उषा गुरूङ, ज्ञानमणि भूर्तेल, राजु वराल लगायत दर्जन बढी कवि कवयत्रीले आ—आफ्ना कविता प्रस्तुत गरेका थिए ।

यस्तै गायक निरज पोखरेल, गायिका मिना आचार्य गुरागाई लगायतले गीत गाएर सुनाएका थिए भने अदिति राजवंशी लगायतले नृत्यकला प्रस्तुत गरेका थिए ।

प्रजातान्त्रिक योद्धा दिव्य भूर्तेललाई सम्मान गरिएको कार्यक्रममा भद्रपुरका साहित्यिक, कला, राजनीतिक र सामाजिक व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।