शिक्षासमाचारस्थानीय

नेपाल शिक्षक संघको ३६ औ. स्थापना दिवसको अवसरका दीप प्रज्वलन

भद्रपुर । प्रजातन्त्रवादी शिक्षकहरुको साझा संस्था नेपाल शिक्षक संघको ३६ औ. स्थापना दिवसको अवसर पारेर चन्द्रगढीमा दीप प्रज्वलन गरिएको छ ।

नेपाल शिक्षक संघ भद्रपुर नगर समितिको आयोजना तथा संघका संस्थापक सदस्यद्वय कैलाश राई तथा तिलकसिंह पाण्डेको प्रमुख आतिथ्यमा चन्द्रगढी स्थित ट्रेडयुनियन चौकमा ३६ वटा मैन बत्ती बालिएको हो ।

दीप प्रज्वलन कार्यक्रममा संघमा आबद्ध शिक्षक तथा विद्यालय कर्मचारीको उपस्थिति रहेको थियो । प्रजातन्त्र पुनस्थापन भएपछि वि सं २०४७ साल बैशाख ३० गते स्थापना भएको संघले शिक्षक हकहितका लागि निरन्तर खवरदारी गर्दै आइरहेको छ ।