दुर्गा माता उपासना समितिको पुराणको आयव्यय सार्वजनिक
भद्रपुर । भद्रपुर १० केन्द्रमोड स्थित दुर्गा माता उपासना समितिले २०८१ चैत्र २४ गतेदेखि २०८२ बैशाख २ गतेसम्म सञ्चालन गरेको श्रीमदवाल्मीकीय रामायण नवाह ज्ञान महायज्ञको आयव्यय सार्वजनिक गरेको छ ।
समितिले पुराण सम्बद्ध सरोकारवालालाई राखेर सार्वजनिक गरेको विवरण अनुसार आयतर्फ २८ लाख ७८ हजार ४३६ रूपैया संकलन भएको छ भने व्ययतर्फ १३ लाख ६४ हजार ५४८ रूपैया खर्च भएको विवरण सार्वजनिक गरिएको हो ।
समितिका सचिव हरिकिशोर आचार्यका अनुसार दाताबाट संकलित रकमबाट मन्दिर परिसरमा बाँकी रहेको निर्माण सम्पन्न गरी अन्य अक्षय कोषमा राखिने छ । उनका अनुसार करिव १६ लाख रकम बचत भएकोमा आधाभन्दा बढी रकम मन्दिर सञ्चालनार्थ अक्षय कोषमा रहन्छ भने अन्य रकम मन्दिर परिसरमा मञ्च निर्माण, रङरोगन, टुटफुट मर्मत र शिव लिङ्ग र बसाह निर्माणमा खर्च गरिने छ ।
समितिका अध्यक्ष मणिराम न्यौपानेको अध्यक्षता तथा ज्ञान महायज्ञका प्रमुख वाचक पंडित प्रशान्त कृष्ण नराङ्गकुशको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको औचित्यमाथि प्रकाश उपाध्यक्ष पुरूषोत्तम अधिकारीले गरेका थिए भने सञ्चालन प्रचार संयोजक शालिकराम भट्टराई अन्तरेले गरेका थिए ।