सामाजिक सुरक्षा कार्यक्रममा सहभागी हुँदा सरकारको नियम मान्ने सहमती
भद्रपुर । सरकारले निर्धारण गरेको नियममा रहेर सामाजिक सुरक्षा कार्यक्रममा झापाका संस्थागत विद्यालय जाने सहमती भएको छ ।
प्याब्सन झापा तथा इस्टु झापा बीच योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा झापाका संस्थागत विद्यालयमा कार्यरत सम्पूर्ण शिक्ष कर्मचारी अनिवार्य समावेश हुनुपर्ने बाद्यात्मक अवस्था रहेकाले सरकारले तोकेकै नियममा रहेर समावेश हुने सहमती भएको हो ।
यस कार्यक्रममा सहभागी हुँदा शिक्षक कर्मचारीले खाइपाइ आएको तलवबाट १० प्रतिशत रकम कट्टा हुने र सविद्यालयले २० प्रतिशत थप गरी सामाजिक सुरक्षा कोषमा जम्मा गर्नु पर्ने प्रावधान पूर्ण पालना गर्ने दुवै पक्षबाट सहमती बनेको छ ।
इस्टु झापाका अध्यक्ष होमराज खतिवडाका अनुसार सामाजिक सुरक्षा कार्यक्रममा झापाका सवै निजी विद्यालयका शिक्षक कर्मचारीहरूले आफू कार्यरत विद्यालयमा सरकारी नियम अनुसार चल्ने वातावरण बनाउन व्यबस्थापन पक्षसँग छलफलगरी सहमती नभइ कोषमा नजान अनुरोध समेत गरेका छन् । उनले राज्यले तोकेको तल्लो तहका कर्मचारीका हकम न्युनतम १७ हजार ३ सय तलवमान नघट्ने र शिक्षक तथा अन्य कर्मचारीको हकमा नेपल सरकारले तोके अनुसार तहगत तलवमान रकमलाई आधार मानेर सामाजिक सुरक्षा कोषमा योगदान गर्ने सहमती विपरित कुनै विद्यालय वा सञ्चालक जान खोजे प्रतिवादमा उत्रन आग्रह समेत गरेका छन् ।
यस कार्यक्रमका विषयमा कुनै प्रकारको दुविधा रहे प्याब्सन झापा र इस्टु झापाको नेतृत्व तहसँग सम्पर्क गरी अगाडि बढ्न सवै सरोकारवाला पक्षलाई अध्यक्ष खतिवडाले अनुरोध गरेका छन् । झापाका केही विद्यालयमा सामाजिक सुरक्षा कार्यक्रममा सहभागिता जनाउँदा शिक्षक कर्मचारीले खाइपाई आएको तलवबाटै सवै रकम योगदान गरिएको गुनासो आएकाले त्यस्ता नियम विपरितका कार्य सच्याउन अनुरोध गर्दै खतिवडाले नसच्चिए श्रम तथा जोजगार कार्यालयमा किटानी जाहेरी दिने समेत प्रष्ट पारेका छन् ।