परराष्ट्रमन्त्री झापा आउँदा चन्द्रगढी विमान स्थलको विशिष्ठ कक्षमा सञ्चारकर्मीलाई प्रवेशमा रोक

भद्रपुर । नयाँ वर्ष २०८२ को अवसरमा इलाममा आयोजना हुने कार्यक्रममा सहभागी हुनका लागि २७ देशका कुटनैतिक प्रतिनिधिसहित परराष्ट्रमन्त्री आरजु राणा झापा आउँदा चन्द्रगढी विमान स्थलको विशिष्ठ कक्षमा प्रहरीले सञ्चारकर्मीलाई प्रवेशमा रोक लगाएको छ ।

साही कालिन ठाँटका साथ सुरक्षा व्यवस्था कडा बनाएको झापा प्रहरीले विशिष्ट कक्षमा परराष्टमन्त्रीसित कुराकानी गर्न गएका सञ्चारकर्मीलाई माथिको आदेश भन्दै प्रवेशमा रोक लगाएको हो ।

परराष्ट्रमन्त्रीको टोलीमा नेपालका लागि जापानीज राजदूत माइदा टुरो , इजिप्टियन राजदूत नोहा हामदी अहमद एल्जीबेली , इजरायली राजदूत शुमिलक एरी बास ,स्वीजरल्याण्डका राजदूत डेनियल मेउली मोन्टे लियोन, दक्षिण कोरियाका राजदूत पार्क ताइयोङ , बेलायती राजदूत रोब फेन , थाइल्याण्डका राजदूत सुवापोनी सिरिसन, अष्ट्रेलियन राजदूत लिअन जोन्सन, फ्रान्सेली राजदूत भर्जिनी कोर्टेवलसहित बिदेशस्थित कुटनैतिक नियोगका प्रतिनिधिहरु, अन्तर्राष्ट्रिय संघ–संगठनका प्रमुखहरुलगायत विभिन्न २७ देशका ३१ जना कुटनैतिक प्रतिनिधिहरु सहभागी रहेका छन् ।