कं.हरिरामले आजकाे मेराे बिहान खर्लप्पै खाए !
‘व्यग्यनारान पाँडे’
” हओ पाँडेजी, हन हामेरकाे देशाँ नि पाेल्टिकल नेता त भामट-भामट भासन हाँक्न एकसेएक यस्पीरेन्ट रछन् नि हओ !”- भन्दै आएका कमरेड हरिराम पुरेत बाजे मेराे छेउकै कुर्सीमा बसे । र, उनले मैले देखाेस भन्ने मनसायले नै हाेला, नयाँ ढाका टाेपी खाेले अनि राम्ररी पट्याएर घुँडामाथि राखे । गलामा झुण्डाइराखेकाे, कुन्नि कुन कार्यक्रमकाे, ब्याज पनि गलाेबाट ओराले र त्यसकै रिबनले बेरेर टाेपीमाथि मिलाए ।
म केही नभनी हेरिरहेंकाे थिएँ । र, ती दुवै मेराे छेउकाे टी-टेबलमा जतनसँग राखे ।…. आज उनी साह्रै हर्षित देखिन्थे, साविकमा झैं ‘खाेयाबिर्के’ पनि उत्ति ओैधी सेवन गरेका थिएनन् क्यार कि जस्ता थिए ! र, उनै बाेले – “म्लाई त उधुमै हर्क लागाे, किन भनेर भन्लाऊ भने – हामेरकाे देशकाे माउबादी अदच्छे पर्चन्नजीले कम्भर मर्काई-मर्काई, कुम लच्काई-लच्काई, मुन्टाे नचाई-नचाई चइँनेकेरे बेस्मारी भासन भन्नुभ’काे आफ्नै निजा कानले सुन्न पाएँ । म्लाई त अब्ब चइँ याे देश सुइझारल्यान बन्छैबन्छ भन्ने हन्डेट परसेन सिउरली भाे । ह्वाँकाे भासन सुनिन्ज्याल त मेरा पेटले भाेक क्या हाे- तिर्खा क्या हाे भन्र आइड्यानीफाइ नै पाे गरेन त, तेस्का बाजेकाे टाउकाे, न त दिशा-पेसाप नै सम्जेंछु मैले । पाेरगाम सकेसि एक्कासी भाेक-प्यास र दिशा-पेसापले कस्सरी च्यापाे भने, लु नकुरा गरम् ।
अन्नित्याँड म हरररर खाेला किनारतिर लागें टाेइलेट्न र पेसाप खलास गर्न, हेर्ने हए पाँडेजी । अन्नित्याँड डाइरेक, ती क्या त मेरा खँदाल मामाकाँ गएँ । माओलका हजुर्बा बितेकाे तेरउँ दिन म भान्जाे कम्रेट पुगेकाे केइ नखाई के हिन्न दिन्थे र ! खाएँ नउओटा स्यालराेटा र मनपुरे डबकाकाे एक डबका खीर, आल्दमकाे तर्कारी र मूलाकाे खल्पीहेरू अगाउन्जी पाे, तेस्सिमा साला ।
उनका कमरेडी गफ सुनेर आफ्नाे देशका फिलहाल प्रधानमन्त्री केपी ओली झलझली सम्झन पुगेछु म र झसङ्ग हुँदै लामाे लेघ्राे तानेर ‘ए….’ भन्दा थप केही भनिन । के भन्नु र ?
उनैले फेरि थपे -“आमामामा ! साेर्ताकाे स्यानाे पटेर भीड थेन गाँठे । कार्बारी माइलाे, पअअअअर क्या त गगने ? हाे तेस्काे बाऊ, तेस्काे बडाऊ-बडेमा, कम्रेट कान्छा साउ, झिम्की र उस्काे परमानेन् लबर, मुसीका काका-काकी, रत्ने क्या रत्ने खँड्काे ? हाे ताे र तेस्की साख्खै जाेइ, हनुमाने जादाै, हामेरकै काेप्चे गल्लीकाे भट्टी रेसुरेनकाे पाेरपराइटेर कैलु, पअअअअर झाेडा गामकाे बाम कान्छाे र् भाम कान्छी, हामेरकै टाेलामा डेराहालेर बस्ने रामलख्खन बेहारी क्या त सडक विभागकाे इन्जिन्यार ?
हाे ताे र तेल्ले घरेलु उजाति राखेका रामप्यारी र बुथुरी, हामेरका पँडित किस्नलाल गाेतामेकी छाेरी यान्जिला र हामेरका सँसृत सरकी छाेरी ज्यारिना, साइत्तेकार गर्नेमा अर्गनी मनकुमार धिताल र पत्रकार गर्नेमा अर्गनी धनकुमार ‘पत्ताल’ मात्तै भन्छाै ? अरू पनि त्याँ कति थे कति नि ! सप्पैकाे नाम भन्न थालाे भने अैलेइ रात पर्छ । हुन त हामेरू कति हाे कति नेता-नेतीका भक्ति गर्णे पाेल्टिकल टेरनिङ गरेर एम्मालेका ‘आइ लब इउ’ बाबैका इभेल्लुसिनमा परेकालाई रात र दिनकाे केइ मतबलै छैन रइ भा पनि बिनाबिच्चाँ किन रात पारिरनु, हाेइन्त हओ पाँडेजी ?”…
मैले, काेनि किन हाे यस्ता कमरेडसित पनि ‘डराउनैपर्ने परिस्थिति’-का कारणले, करकापमा छाेटाे एक-शब्दे बयान ओकलें -“हाे !”
उनले उत्साहित हुँदँ भने -“बिनाबिच्चमा मान्छेहरू भीउँ राओल, कुल्मान घिसिन र माधाै नेपाल हुन्छन् र दुख्ख बेहाेर्छन् । हामेरकाे पाटीमा लागिसकेसि थपक्कन ‘बा’ मउसुपका खट्टन-पट्टनमा हिन्नु पाे पर्छ त – उ क्या त याेग्गेस भट्राई, दिपक खँट्का, पर्दिप जादाै, लीला बल्लाै अन्तखेरि काेकाेहेरू जइसाे गरेसि लन्ठै फिनिसिन्छ नि हओ – लन्ठै फिनिसिन्छ, च्याट्टसँगले । हल्लुँडे भइँछ त भइँछ नि , के खुत्तिन्छ त ? ‘पानीमाथिकाे ओभानु’ भन्र हामेरका पुर्खाले तेसै तुक्का कथेका हुन् र ? तपइँ नै भन त !”
मैले बाेली ओकल्नै नपाई फेरि उनैले भने -“हामेरका कम्रेट बिस्नु पाैडेलले ह्वाँलाई आगाेले पाेलेकाे रन्काे अनुभाै साेएम्ले चाखेसि राज्जेले तेस्ता पिसुल्टेका जन्तालाई पनि हस्पिटालाँ राख्ने मेलाे गर्नुपर्छ भन्र कत्राे बुद्दिका कुरा गरेका छन् भन्ने ‘कान्तिपुरी’ पत्रिका खाेजेर घाेक त, तेस्मा छापा आइरछ । ठूलाठालाले चढ्याम नखाई चढ्याम खाँदा गाला कस्तरी रन्किन्छ भन्ने रइती-रइतानले कसरी मउसुप गर्छन् ? इ क्या त म जइसाे ठूलाठालाले अनुभउ नगरिकनै ‘मुँगी बडाे, भस्टचारी र अन्या-अत्तेचारी बडाे’ भन्र कराउँछन् पर्तेपच्छेहेरू । हामेरले पैलीबड था पाउनु पराे नि तेस्ता समस्से । हामेरले था नपाका कुरामा राेइलाे खेल्छन् पढ्के अनिकालले कुटुकुटु जिभ्राे टाेक्न नसकेका हरिपुङताम जन्ता । तिन्लाई त नि, रभि लाम्छानेलाई जइसै पररीकाे हातकडी ला-र चइँकेरे नेपालभरि हिनाउनुपर्छ क्या पाँडेजी । कि तपइँ कसाे भन्छउ ? लु-लु दुई शब्ध तपइँ पनि बाेल त च्याट्टसँगले ।”
म पाे अप्ठ्याराेमा परें – के भन्नु के ! तथापि तीन शब्दै भन्दिएँ -” कुराे ठीकै हाे ।”
कमरेड हरिराम पुरेत बाजे एकपल्ट उनकाे पेटमा साँदिएकाे खाेयाबिर्केकाे आँखै फुला पार्ला जस्ताे नमिठाे गन्ध ह्वास्सै छरेर हाँसे र हाँसाेसँग मुछतै भने -“म जे भा पनि अैलेकाे सत्तापच्छेकाे कम्रेट जाे हुँ भनेरभनेदेखुन् अठीक कुराे मेरा मुखाड कसरी निस्किन्छ त हओ, कसरी निस्काेस् गाँठे !… अन्नि त्याँड, ती तेसरी माउवादी कम्रेटकाे केचनाकाे आँम्सबाबड बेल्का अँध्याराेमा आजकाे सिभरात्री मनाउँदै पइदल घुरें । आज दिम्साेकाे सिभरात्री एता भ्याउनु थ्याे, नभा त उतै कसैकाँ…! हइत्, छाेडाै अैले ताे टपिक ! र, उज्याल्यैमा घुरेकाे थेँ भने हिँजै तपइँकाँ आउँथेँ केरे ।… सारै नै रामरमाइलाे थ्याे ताे पाेरगाम । कति रमाइलाे थ्याे भन्छाै भने – ती क्या त , आज भद्रपुरमा कतिपए खाँट्टी बिउका नेपाली र धेरैपए चइँ अरू-अन्य नशलकाहर्ले बिसुद्द अङरेजी भाका र लएमा टरमसेठ बाजा घन्काउँदै नेपालकाे साँसृतिक टुइस, क्यार्भे, रक्केनराेल जइसा भ्यात्लुङ डानसका साथ दिउँसाेकाे सिभरात्री जुलुस अस्ति कैले हाे रभि लाम्छानेले पाेर-परार खाेलेका रासाेपा पाटीले पाेख्रामा हिँडाकाे जइसइ जुलुस ख्याल रमाइलाे थेन । हाे झन्नै तेत्तिकै रामरमाइलाे थ्याे हामेरकाे नेपाली माउवादीका अदच्छे तथा भूतपूर्बक पर्धानमन्त्री डकम्रेट पर्चन्नकाे सवारीकाे साे-उक्त पाेरगाम । पर्चन्नकाे टेसिलाे भासन धित मरुन्जेल सुनियाे क्या पाँडेजी र बेला-बेला झुक्केर ताली पनि पढ्काइयाे । तर, तेसरी म साेएम्ले ताली पढ्काकाे कुराे चइँ कइँ नभन्नु नि , गाेप्पे राख्नु !”
मैले भनें -” त्यसाे भए अब बाजे पनि भित्रभित्र त्यतै लाग्ने निर्णयमा पुगेकाे हाे ?”
उनले नङका टुप्पा-टुप्पामा कालाे जमेका तीन ओैंला ओठमा टाँसे र भने-” हत्तेरिका हउ, तपइँहेर्लाई बाेल्न दियाे भने फ्यास्स कुराे खाेल्छाै र त हामेरू भरिसक्के आफै मात्तै बाेल्छम्, अररलाई बाेल्नै दिँदाैंन । हुन त देशकाे लगाम हामेरकाे हाताँ छ, अररले किन बाेलिरनु पराे र ? कुराे तेसाे पाे । अब आर्काे कुरा- तपइँले म माउबादीमा टाँचफर हुने लच्छिन बुजेछाै, कुराे सारै अनकरेक चइँ हाेइन । तर, पैली त कम्रेट पर्चन्नले सर्खार बनाउनु पर्छ र मलाई मेराे एब्बिलिटिक अन्सार कुन ठाम दिने भन्ने किल्लेरशील गर्नु पर्छ । पाेरसेस मिलेसि मलाई लिन कार-गाडी पठाउनु पराे । कुरा कति छन् कति नि । म भनेकाे पाटीकाे निस्टामा एछिन् पनि घाटा हुन नदिने बजरठिङ्गा कम्रेट, काैनै सर्खारी पाटीमा नलागेकाे रिकट छैन । तेसकार्ण, पैलीबड सर्खारमा च्यान्ज लेराउनु पराे नि , देश आफ्नु हुकुममा लेराउनु पराे नि । नै त भने बाैला कुक्कुरले टाेक्या छ र ? के खान पाटीमा लाग्नु त ? रा’नीतिकाे साइकाेलाेजिक मै नरेन्द्र माेदीकाे देशकै काशी-बनरसमा काैमादी ब्याकर्ण नघाेकेकाे ज्यान हाे र मेराे ।”….
बाेल्दाबाेल्दै उनले एक रील खाेके र मुखमा ‘पग्रेकाे जिनिस’ मुखमै एकछिन् खेलाएर घुटुक्क निलेपछि कुर्सीबाट उठ्तै भने-“आज निकै ट्याम तपइँसित पाेल्टिकल गफ गरियाे र हामेरकाे पाटीकाे दिस्टिकाेन बारे छलफल गरियाे । फेरि पनि ट्याम पाका ट्याममा आ’र पाटीकाे अगामी सम्बिर्दिकाे ओजना बताउँला । हामेरू एसरी नै नञाँ-नुतन मान्छेलाई टेनिङ दिँदै पाटीकाे कम्रेटमा ल्याम्छम् क्या पाँडेजी । तपइँ निर्ढुक्क भइकन बस न, म छइँछु नि तपइँका लागि । पाटीमा मेरै स्टान्डर्का कम्रेटहरू काेइ के-काेइ के बनाइएका त छन् नि । म चइँ मेराे घर्काे घरमूला मइँ भकाले फुर्सुत नभकाले न एतै समाजसेबी गर्दै एतै बस्या हुँ । नाइ त भने, म पनि मलाई भेट्न तपइँले पनि चिल्कट पठा’र ओएटिङमा बस्नु पर्थ्याे क्या । कुराे एसरी इज्जिलै बुज न । …र, अैले म हिँडे पनि । बरु खैनी छ भने खाेइ-खाेइ हउ ए’दुई फाँक देऊ-देऊ हउ ।”….
अनि टाेपी लाउँदै र ब्याज भिरेर मैले दिएकाे खैनी माड्दै उनी बल्ल बाटाे लागे ।
मेराे आजकाे बिहान यसरी छिर्लिप्पै बित्याे !!