लाएँ माया तिमीलाई छानी मारुनी गीतको म्युजिक भिडियो विमोचन
भद्रपुर । गीतकार सत्यनारायण तायलको शव्द तथा निर्माणमा नेपाली लोकलय मारुनी भाकाको गीतको म्युजिक भिडियो विमोचन गरिएको छ ।
लाएँ माया तिमीलाई बोलको गीत विर्तामोडमा विमोचन गरिएको हो भने ओएसआर डिजिटल युटुब च्यानलबाट पनि रिलिज भएको छ ।
रेडियो नेपालकी गायिका पबित्रा ओलीको अध्यक्षता तथा अग्रज पत्रकार तथा गीत गजलकार केशव आचार्यको प्रमुख आतिथ्यमा गीतको बिमोचन गरिएको थियो ।
मारवाडी भाषामा गीत कबिता लेखेर पछिल्लो समय चर्चा बटुल्दै आएका गीतकार तायलको यो पहिलो नेपाली लोक भाकाको गीत हो भने उनका दर्जनौ गीतहरू रेकर्डिङ भै स्रोता दर्शकको माझ आइसकेका छन ।
गायक निरज पोखरेल र गायिका मेलिना राईको स्वरमा रहेको गीतको सङ्गीत भने गायक पोखरेलकै रहेको छ । कार्यक्रममा यसै गीतमा तयार भएको म्युजिक डिभियोमा प्रमुख अभिनय गर्ने माही शर्माको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा गीतकारको तर्फबाट सत्यनारायण तायलले विमोचन भएको गीतको बारेमा चर्चा गरेका थिए । गायिका पबित्रा ओली र गायक निरज पोखरेलले कार्यक्रममा गीत प्रस्तुत गरेका थिए भने उक्त कार्यक्रममा साहित्यकार टङ्क बिकल्प, माधब पौडेल, ओमप्रकाश भट्टराई, गायक उमेश पाण्डे, प्रदीप महतो, निमेष शिवाकोटी लगायतको उपस्थिति रहेको थियो भने गीतकार तथा साहित्यकार लबकुश गौतमले कार्यक्रम संञ्चालन गरेका थिए ।