अरनिको माविका प्रअ खरेलले छात्रवृत्ति वितरण गर्दै मनाए जन्म दिन
भद्रपुर । माघ २६ गते विशेष दिन बनाउने क्रममा भद्रपुर ३ सूर्य नगरमा रहेको अरनिको माध्यमिक विद्यालयका प्रधान अध्यापक पुरूषोत्तम खरेलले उत्कृष्ट विद्यार्थी सम्मान कार्यक्रम गरेका छन् ।
प्रअ खरेलले आफैँले स्थापना गरेको लक्ष्मी–ललिता खरेल अक्षय कोष मार्फत उत्कृष्ट विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेका हुन् ।
कार्यक्रम नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्य तथा उपप्रमुख राधा कार्की र प्रअ खरेलकी ममतामयी माताको विशेष आतिथ्यमा सम्पन्न गरिएको थियो ।
सो छात्रवृत्ति कक्षा ८ मा उत्कृष्ट जि पि ए ल्याउने छात्रा प्रतिभा सुबेदी (३.८८), कक्षा १२ मा उत्कृष्ट जि पि ए ल्याउने तुलसा बडाल (३.१९) र छात्र अनन्त गुरुङ ( २.७८) लाई जनही रू ३५५०। को दरले रकम वितरण गरिएको थियो ।
आमासँगै आफू कार्यरत विद्यालयमा दिनभर समय बिताउन पाउँदा बाल्यकालीन दिनको सम्झना आएको सुँनाउँदै प्रअ खरेलले आमाले विद्यालय पठाउदाका क्षणहरू अनि आफ्नो शैक्षिक प्रगति र उन्नतिमा बुबा–आमाको त्याग र योगदानलाई वर्तमानमा अनूभुत हुने अवसर प्राप्त गरेको सुखद क्षणहरू आफैँमा एउटा संयोग बनेको बताए ।
सोही कार्यक्रममा अर्का अक्षयकोष दाता हंसबहादुर – लच्छीमाया इदिङगो अक्षयकोषबाट कक्षा १–५ मा उत्कृष्ट जि पि ए ल्याउने छात्रा जून खरेलललाई नगद रू ३,५५०। सम्मानित गरिएको थियो ।
त्यसैगरी ,६–७ कक्षाबाट हिना राई र कक्षा १० एसईईमा उत्कृष्ट जि पि ए ल्याउने सम्प्रदा राई पनि रू ३, ५५०। छात्रवृत्ति प्राप्त गरी सम्मानित भएकी छिन् । !
यसै बीच गत वर्ष भद्रपुर नगर स्तरीय विज्ञान प्रदर्शनीमा नगर प्रथम हुने कक्षा ९ का विद्यार्थीहरूलाई मेडल सहित सम्मान गरिएको थियो ।