प्रतिष्ठानले सम्झियो विवेक कार्कीलाई
भद्रपुर । विवेक कार्की साङ्गीतिक प्रतिष्ठान नेपाल भद्रपुर-१० चन्द्रगढीले दिवंगत गायक विवेक कार्कीको आठौं स्मृति दिवस मिति २०८१/१०/१७ गते मङ्गलवार भद्रपुर -१०, मा रहेको श्री कृष्ण आधारभूत बिद्यालयको प्राङगणमा एक सभ्य र भव्य कार्यक्रम गरेर मनाएको छ।
भद्रपुर 10 का समाजसेवी तथा बिधालयको सँस्थापक एवम सल्लाहकार सँयोजक हिरा पोखरेलको प्रमुख आतिथ्य, विद्यालयका PTA अध्यक्ष एवम लेखापढी कानुन व्यवसायी एशोसिएसन भद्रपुरका अध्यक्ष लव पोखरेलको विशेष आतिथ्यता, भद्रपुर 10 का वडा सदस्य सङ्गीता कोईरालाको विशिष्ट आतिथ्यमा रहेको कार्यक्रममा विद्यालयका ३८ जना सम्पूर्ण बिधार्थीलाई स्कूल ब्याग बितरण गरिएको थियो ।
प्रतिष्ठानका कोषाध्यक्ष लता खरेलले विवेक कार्कीको परिचय गराउनु भएको थियो। कार्यक्रममा प्रतिष्ठानका सचिव तथा गायक निरज पोखरेलले गीत गाएर विवेक कार्कीको सम्झना गरेका थिए । प्रतिष्ठानका महासचिव रुमा राजबङ्शीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य प्रतिष्ठानका सदस्य तथा विधालयका प्र अ गोकुल राज न्यौपानेले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन कोषाध्यक्ष लता खरेलले गर्नु भएको थियो। प्रमुख अतिथिले व्यानरमा लेखिएका शब्दहरुलवाचन गरेर कनर्यक्रमको उद्घाटन गरिएको थियो ।
श्रद्धाञ्जलीका मन्तव्य विशेष अतिथि लव पोखरेल, सङ्गीता कोईरालाले राख्नु भयो भने कार्यक्रमको अन्त्यमा सदस्य शालिक राम नेपालले धन्यवाद ज्ञापन गरेका थिए। कार्यक्रम मन्तव्य सहितको समापन अध्यक्षता गर्ने महासचिव रुमा राजबङ्शीले गर्नु भयो। कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष चिन्तामणि दाहाल ज्युको पूर्ण स्वास्थ्यलाभको कामना गरिएको थियो। स्वर्गीय गायक विवेक कार्कीको २०७३/१०/१७ गते अप्रत्याशित रुपमा निधन भएको थियो।
उहाँको माता रीता कार्की र पिता लक्ष्मी कार्कीले विवेक कार्कीको स्मृतिमा स्वर्गीय विवेक कार्की स्मृति साङ्गीतिक प्रतिष्ठानको स्थापना गर्नु भएको थियो र प्रत्येक वर्ष यस प्रतिष्ठानले माघ १७ गते विवेक कार्कीको स्मृति दिवस विशेष कार्यक्रमको आयोजना गरि मनाउँदै आएको छ।