डोल्मा मेमोरियलको १७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न
भद्रपुर । भद्रपुर ६ स्थित डोल्मा मेमोरियल स्कुलको १७ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न गरिएको छ ।
विद्यलय व्यवस्थापन समितिकी अध्यक्ष अनुकान्त गुरुङको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा विविध कार्यक्रमका साथ उत्सव सम्पन्न भएको हो ।
विद्यार्थीद्वारा नृत्य, गायन, नाटक, प्रदर्शन र विभिन्न जातीय भेषभुषा प्रर्दशनी, तथा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार समेत वितरण गरिएको थियो ।
कार्यक्रममा भद्रपुर छ का वडाध्यक्ष रतिया राजवंशी, भद्रपुर नगर प्याब्सनका अध्यक्ष भक्तबहादुर कार्की लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
शाङमु मोक्तानले सञ्चालन गरेको कार्यक्रमको स्वागत मालाश्री प्रधान र विद्यालयको प्रगति विवरण प्रिन्सिपल अरूण बस्नेतले प्रस्तुत गरेका थिए ।