काटिन लागेको खसी किनेर आजीवन बचाउने घोषणा

भद्रपुर । भद्रपुर १० चन्द्रगढीका युवा प्रेम दाहालले पशुको बाँच्न पाउने अधिकार हनन् हुनु हुँदैन भन्दै काट्न लागेको खसी आजीवन बचाउने भन्दै खरिद गरेर घरमा राखेका छन् ।

प्रणामी समुदायका दाहालले कसाइले काट्न लादै गरेको खसी आफ्नै कालमा मर्न पाउनु पर्छ भन्दै २१ हजारमा खरिद गरेर घरमा पालेका हुन् ।

पेशाले औषधी व्यवसायी रहेका दाहालले मान्छेले जस्तै पशुले पनि प्राकृतिक मृत्युवरण गर्न पाउनु पर्ने बताउने गरेका छन् । उनका अनुसार प्रकृतिले सवै जीवलाई समान अधिकार दिएको भए पनि बल बुद्धिको बाहनामा पशु पन्छीमाथि मानिसले अन्याय गर्दै हत्या हिंसा बढाएका कारण बिद्रोह स्वरूप खसी काट्ने ठाउँबाट उद्धार गरेका हुन् ।