वैदिकको १४ औं स्थापना दिवसमा २४ जनाले गरे रक्तदान

भद्रपुर । स्थापनाको १४ औं वर्ष प्रवेशको अवसर पारेर वैदिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड भद्रपुर १० ले विविध कार्यक्रम सम्पन्न गरेको छ ।

सहकारी स्थापनाको अवसरमा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत रक्तदान तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न गरिएको हो ।

संस्थाका लेखा संयोजक मुरारी न्यौपानेले रगत दिएर उद्घाटन गरिएको रक्तदान कार्यक्रममा ३ महिला सहित २४ जनाले रक्तदान गरेका थिए भने जेष्ठ नागरिक सम्मानबाट भद्रपुर १० का १०२ वर्षीय देवराज खतिवडालाई दोसल्ला आढाएर सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष प्रकाश निरौलाको अध्यक्षता तथा १०२ वर्षीय अभिभावक देवराज खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन कार्यक्रमको स्वागत उपाध्यक्ष डिल्लीराम अधिकारीले गरेका थिए भने सञ्चालन सचिव विदुर ढुंगानाको रहेको थियो । रक्तदान रेडक्रस सोसाइटी झापाको प्राविधिक संयोजनमा सम्पन्न भएको थियो ।