साना किसानको स्वास्थ्य शिविरमा ११३ जनाले लिए सेवा
भद्रपुर । साना किसान कृषि सहकारी संस्था लिमिटेड भद्रपुरको आयोजना एञ्जल पाउण्डेसन उर्लावारीको संयोजना सम्पन्न एक दिने स्वास्थ्य शिविरमा ११३ जनाले सेवा लिएका छन् ।
पायल्स, फिष्टुला, फिसर तथा गुप्त रोग लक्षित निशुल्क स्वास्थ्य शिविरमा सवैभन्दा धेरै पायल्सका ६५ जना विरामी भेटिएका छन् भने ३३ जना जटिल प्रकृयाका विरामी भएकाले अप्रेसनका लागि भर्ना गरिएको आयोजकले जनाएको छ ।
संस्थाकी अध्यक्ष देवीमाया अधिकारीको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन सत्रमा नेप्सकुनका महासचिव घनश्याम अधिकारी, वीरेन्द्र माविका व्यवस्थापन समितिका अध्यक्ष अशारू राजवंशी, लगायतले शुभकामना मन्तव्य राखेको शिविरमा एञ्जल पाउण्डेसनका डा. टिकाराम अर्यालको नेतृत्वमा आएको विशेषज्ञ टोलीले स्वास्थ्य उपचार सेवा दिएका थिए ।