बार एसोसिएसन झापाले ५८ औं  वार्षिक साधारण सभा

भद्रपुर  । नेपाल बार एसोसिएसन झापाले ५८ औं  वार्षिक साधारण सभा चन्द्रगढिमा सम्पन्न भएको छ ।

एसोसिएसनको सभाहलमा शुक्रबार सम्पन्न सभाको एसोसिएसन केन्द्रीय उपाध्यक्ष  सुरज तिम्सिनाले पानसमा बत्ती बालेर उद्घाटन  गर्नु भयो ।

उद्घाटन गर्दै उहाले एसोसिएसनको विगत ३ बर्षे कार्यकालमा बार र बेन्च बिचको सम्बन्ध सुधारमा उल्लेखनीय कार्य गरेको बताउनु भयो । उहाले कुनै सेवाग्राहीले पैसाकै कारणवाट न्याय पाउन नसकेका सेवाग्राहीलाई  कानुन  व्यावसायिले प्रदान गर्ने सेवा प्रभावकारी कार्यनयन हुनु पर्नेमा जोड दिदै प्रपोजल सर्भिसका कारण सेवाको बारेमा सम्पुर्ण सेवाग्राहीलाई जानकारि गराउन  आवश्यक रहेको समेत उल्लेख गर्नु भयो।

कार्यक्रममा बोल्दै झापाका प्रमुख जिल्ला अधिकारी गोपाल अधिकारीले जनतालाई न्यायको अनुभुती गराउने जिम्मेवार निकाय कानुन व्यावसयि भएको उल्लेख गर्दै  विपन्न वर्गको खोजिमा काम गर्न  आग्रह गर्नु भयो ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यलय झापाका डि एस पि  कृष्ण कुमार श्रेष्ठ न्यायाधीश उमेश  प्रसाद  लुईटेल   एसोसिएसन पुर्व उपाध्यक्ष  अशोककुमार पोखरेल वरिष्ठ अधिवक्ता दामोदर सापकोटा लगायतले  मन्तव्य राख्दै न्यायपालिकाको शुद्धीकरण कानुन र संविधानमा लेखेर मात्र नहुने भएकोले व्यावहारमा प्रयोग गरि राजनिती हावि हुन दिन नहुनेमा जोड दिनु भयो  ।

नारायणप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न सभाको सञ्चालन सचिव सन्तोष  प्रसाईँ र स्वागत मन्तव्य उपाध्यक्ष भीम बरालले गरेका थिए ।