मेची प्रादेशिक अस्पताललाई १० थान पोटेवल मेडिकल टेवल
भद्रपुर । प्रेस क्लब भद्रपुरको समन्वयमा भद्रपुर स्थित मेची प्रादेशिक अस्पताललाई १० थान पोटेवल मेडिकल टेवल हस्तान्तरण गरिएको छ ।
प्रेस क्लब भद्रपुरको समन्वयमा नेपाल जेसुइत सामाजिक संस्थाले (Nepal Jesuit Social Institute) मोरान मेमोरियल स्कुल भद्रपुर ६ तथा सेन्ट जेभियर्स स्कुल विर्तामोड ८ को नाममा ५—५ थान पोटेवल मेडिकल टेवल प्रदान गरेको हो ।
जेसुइत सोसाइटीका समन्वयकर्ता गोविन्द कोइरालासित सहकार्य गरेर प्रेस क्लब भद्रपुरका अध्यक्ष राजबाबु शंकरले अतिआवश्यक देखिएको औषधी सहित उपचारका सामग्री राख्न मिल्ने टेवल आकस्मिक उपचार कक्षका लागि सहयोग जुटाइएको हो ।
प्रेस क्लबका अध्यक्ष शंकरको अध्यक्षता तथा जिल्ला समन्वय प्रमुख विश्वनाथ वरालको प्रमुख आतिथ्यमा सम्पन्न हस्तान्तरण कार्यक्रममा भद्रपुर नगर प्रमुख गणेश पोखरेलले सर्वसाधारणको उपचार सहज बनाउन आवश्यक बस्तु प्रदान गर्नु मानवीय सेवा रहेको धारणा राख्दै अस्पतालको स्तर बृद्धि गर्दै मेडिकल कलेजका रूपमा विकास गर्न प्रदेश सरकार प्रतिबद्ध हुनु पर्ने धारणा राखे ।
कार्यक्रममा भद्रपुर ८ का वडाध्यक्ष गौरव सुब्बा मनोजले सन्सारमै सरकारी स्वामित्वका अस्पताल चुस्त दुरूस्त नभेटिने परम्परा भए पनि नेपालमा सुधार अभियान सञ्चालन हुन थालेकाले मेची अस्पतालको मुहार परिवर्तन गर्न नेतृत्व लिने व्यक्ति सफल हुने धारणा राखेका थिए ।
कार्यक्रममा सामग्री बुझ्दै निमित्त मेडिकल सुपरिटण्डन डा. रामबाबु खड्काले सवैको समान पहुँच हुने तथा स्तरीय उपचार सेवा प्रदान गर्ने निकायका रूपमा अस्पतालको स्वरूप बनाउन आफू लागि पर्ने प्रतिबद्धता जाहेर गरेका थिए ।
नेपाल जेसुइत सोसाइटीका प्रतिनिधि फादर दिलिपले धारणा राख्दै सोसाइटी ६० वर्षयता नेपालमा रहेर शिक्षा, स्वास्थ्य र मानव सेवामा निरन्तर रहिरहेको धारणा राख्दै त्यही अभियान अन्र्तगत सामग्री प्रदान गरिएको बताए ।
गोविन्द कोइरालाले सञ्चालन गरेको कार्यक्रममा भद्रपुर ५ का वडाध्यक्ष बन्धु कार्की, रेडक्रस सोसाइटी भद्रपुरका सचिव केदार महत लगायत स्वास्थ्य तथा सञ्चार सम्बद्ध व्यक्तिहरूको उपस्थिति थियो ।