प्याब्सन भद्रपुरको सांस्कृतिक कार्यक्रम
भद्रपुर । नीजि तथा आवासिय बिद्यालय अर्गनाईजेशन प्याब्सन नेपाल भद्रपुर नगर कमिटिले नगरपालिका भित्रका संस्थागत विद्यालयहरु सहभागीतामा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गरेको छ ।
बिहिवार र शुक्रबार २७ र २८ गते दुईदिनसम्म चन्द्रगढीमा संचालन हुने प्रतियोगिताको भद्रपुर नगरपालिका नगर प्रमुख गणेश पोखरेलले कार्यक्रमको अाैपचारिक उद्घाटन गर्नु भएको थियो । भद्रपुर नगरपालिका भित्रका २८ वटा संस्थागत विद्यालयको सहभागिता रहेको उक्त साँस्कृतिक प्रतियोगितामा सिनियर जुनियर गरि विभिन्न गायन तथा नृत्य प्रतियोगितामा एक हजार माथिकाको संख्यामा विद्यार्थीले भाग लिएको प्याब्सन भद्रपुरका अध्यक्ष भक्त बहादुर कार्कीले जानकारि दिनु भयो ।
प्रतियोगितामा प्रथम हुने विद्यार्थीले प्याब्सनले आयोजना गर्ने जिल्ला स्तरिय प्रतियोगितामा सहभागी हुन पाउने प्याब्सन नगर अध्यक्ष कार्कीले बताउनु भयो । बिहिवार र शुक्रबार सम्म सम्पन्न हुने उक्त तियोगितामा जुनियर मोर्डन नृत्य ,सेनियर सांस्कृतिक नृत्य ,राष्ट्रियता झल्काउने सिनियर गायन तथा जुनियर लगाएतका विभिन्न प्रतियोगितामा हरुमा विद्यार्थीको सहभागी रहेको छ । प्रतियोगितामा पहिलो ,दोस्रो र तृतीय स्थान प्राप्त।गर्ने विद्यार्थी तथा विद्यालयलाई मेडल,ट्रफि र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष कार्किले बताउनु भयो । । कार्किको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा प्रमुख अतिथि पोखरेल,, प्याब्सन का केन्द्रीय सल्लाहकार गोविन्द लम्साल शिक्षक विद्यार्थी लगाएतका स्थानियहरुको उल्लेखनीय मात्रामा उपस्थित रहेको थियो । उपाध्यक्ष अनुप रायले स्वागत गरेको कार्यक्मको संचालन सचिव सुरज सापकोटाले गर्नु भएको थियो ।