झापामा भद्रगोल बन्दै गएका निजी विद्यालय सुधारको माग
भद्रपुर । भद्रगोल अवस्थामा चलिरहेका संस्थागत विद्यालयले वर्तमान कानुन विपरित गरिरहेका कृयाकलाप नियन्त्रणको माग राख्दै सरोकारवाला कार्यालयमा माग पत्र पेश गरिएको छ ।
निजी विद्यालय पीडित शिक्षक संघर्ष समिति झापाले भद्रगोल अवस्थामा चलिरहेका निजी विद्यालयहरुलाई नियम संगत बनाउन माग राखेर जिल्ला प्रशासन कर्यलय झापा, श्रम तथा रोजगार कार्यलय, भद्रपुर नगरपालिका र शिक्षा विकास समन्वय इकाई झापामा ध्यानाकर्षण पत्र बुझाएको हो ।
संयोजक नितेश सिंहको नेतृत्वमा गएको प्रताडित शिक्षक कर्मचारीको टोलीले ज्ञापनपत्र बुझाएको थियो ।
पछिल्लो समय झापामा रहेका अधिकाम्स निजी विद्यालयले श्रम ऐनमा प्रष्ट लेखिएको दरबन्दी सिर्जना प्रकृया उंलग्घन गर्दै स्थायी र अस्थायी दरबन्दी एउटा पनि कार्यान्वयन गरेका छैनन् । केही करार तथा अधिकाम्स दैनिक ज्यालादारी कामदार बनाएर शिक्षक कर्मचारीमाथि शोषण गर्दै वर्षौदेखि कानुनलाई चुनौति दिइरहेको अवस्था छ । नियामक सरकारी निकाय देखेर पनि नदेखेजस्तो गरिरहेको अवस्थामा पीडित शिक्षक कर्मचारी आन्दोलनका लागि तयार हुन थालेको अवस्था छ ।