मदिरा सेवनका कारण प्रहरी र स्थानीय बीच झडप
भद्रपुर । झापाको सदरमुकाम चन्द्रगढीमा गए राति ११ बजेपछि मदिरा सेवन गरेका स्थानीय केही युवा र प्रहरी बीच शक्तिको होड चलाउने क्रममा झडप भएको छ ।
मदिरा सेवन गरी आएका युवाले चन्द्रगढी स्थित भैरेचोकमा मोटरसाइकल चलाउने क्रममा आवाज वढी निकालेको भन्दै मदिरा सेवन गरेकै प्रहरीले चावी खोसेपछि झडप भएको हो ।
स्थानीयका अनुसार केही यूवाहरु मदिरा सेवन गरेर घरतिर फर्कने क्रममा रहेकै बेला सादा पोशाकमा मदिरा सेवन गरी बाहिर निस्कदै गरेका प्रहरीले अवाश्यक आवाज निकालेर ध्वनि प्रदुर्षण गरेर अशान्ति फैलाएको भन्दै यूवालाई रोक्न मोटरसाइकलको चावी खोसेपछि चन्द्रगढी आसपासबाट जम्मा भएका दर्जनौ यूवाहरुले प्रहरीलाई लखेटेका थिए ।
पछि प्रहरीको थप बल गाडी सहित आएपछि फेरी यूवाहरुलाई लखेट्दै चन्द्रगढी बजार भित्र पसेपछि त्यहाका स्थानीयले प्रहरीका गाडीलाई बल प्रयोग गरेर भगाएका थिए । राति प्रहरीले केही व्यक्तिहरु धरपकड गरेको भनिए पनि त्यस बारे प्रहरीले केही खुलाएको छैन ।