भद्रपुर भन्सारको शतप्रतिशत राजस्व संकलन

भद्रपुर । भद्रपुर भन्सार कार्यालयले आर्थिक वर्ष २०८०÷०८१ मा शतप्रतिशत राजस्व संकलन गरेको छ ।
कार्यालयले २४ करोड ३४ लाख २७ हजार ३६ रुपैयाँ राजस्व संकलनको लक्ष राखेकोमा शतप्रतिसत पूरा गर्न सफल भएको हो ।
घिल्लो आर्थिक वर्ष २०७९÷०८० मा कार्यालयले विभिन्न शीर्षकमा ९ करोड ४७ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।
भारतको बिहार राज्यको गलगलिया, ठाकुरगञ्ज, किसानगञ्ज नाका भएर भद्रपुर हुदैँ प्रमुख रूपमा लत्ताकपडा, चिया उद्योगको प्याकिङ्गका सामाग्री तथा मेशिनरी पार्टस्, ल्याइउड, उद्योगको पाटपूर्जाको केमिकल, तथा फलफूल र खेतीपातीमा प्रयोगहुने विषादी आयात हुने गरेको छ ।
भद्रपुर भन्सार कार्यालय विहारको गलगलिया छोटी भन्सारसँग सीमा जोडिएको छ । गलगलिया छोटी भन्सारले ५ लाख भन्दा बढीका सामान निर्यात गर्न नपाउने त्यहाँको कानूनी व्यवस्थाको असर भद्रपुर भन्सार कार्यालयले भोग्नुपरेको बताइएको छ ।
भद्रपुरतर्फ व्यवस्थित संरचना भएपनि विहारतर्फ नभएका कारण व्यवसायीले समस्या झेल्नुपरेको छ ‘तर, थुप्रै चूनौतीहरु हुँदाहुँदै पनि कार्यालयले अवैधरुपमा हुने चोरी पैठारी नियन्त्रणमा निगरानी बढाएको छ । जति स्रोत साधनहरु छन् त्यसको प्रयोग गदैं कर्मचारीहरु कामप्रति वफदार भएकै कारण सफलता मिलेको कार्यालय प्रमुख अमित तिवारीको भनाइ छ ।
यसअघि यस कार्यालय हुदैं आयात निर्यात गर्ने व्यवसायीहरूले प्रज्ञापन पत्र आफै भर्ने गरेको भएपनि पछिल्लो समय लाइसेन्स लिएका कानूनी मान्यता प्राप्त भन्सार एजेण्टहरूले प्रज्ञापन पत्र भर्न थालेको कार्यालयले जनाएको छ ।
भद्रपुर भन्सार कार्यालयको मातहतमा पाठामारी, केचना, घेरावारी पन्थापाडा र कुमररखोदगरी पाँचवटा छोटी भन्सार कार्यालय रहे पनि सवै छोटी भन्सार कार्यालय सञ्चालनमा आउन नसकेका छैन ।