ओम साई पाथिभरा अस्पतालमा आँखा उपचारमा विमा सेवा

भद्रपुर । भद्रपुर स्थित ओम साई पाथिभरा अस्पतालमा शुरू भएको आखाँ उपचार सेवामा पनि विमा मार्फत उपचार हुने भएको छ ।
अस्पतालको माग बमोजिम राष्ट्रिय विमा बोर्डले यही असार २४ गते गरेको निर्णय अनुसार साउन १ गतेबाट आँखा उपचारमा पनि विमा सेवा सुचारू हुने भएको हो ।
अस्पताले पछिल्लो पटक थपेको आँखा उपचार सेवाका लागि दक्ष विशेषज्ञ टोली सहितको सेवा प्रवाह गर्न थाले पनि विमा सेवा नहुँदा विरामी अन्यत्रै जान बाध्य रहेका थिए ।
आँखा उपचारमा पनि ओम साई पाथिभरा अस्पतालमा विमा सेवा सञ्चालनमा आएपछि अन्यत्र उपचारमा जानु पर्ने बाध्यता हटेको कचनकवलका युवा सञ्जीव प्रधान बताउँछन् ।