चन्द्रगढीमा एक हजार विरूवा रोपियो

 

भद्रपुर । विश्व वातावरण दिवसको अवसर पारेर चन्द्रगढी सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा एक हजार वृक्षरोपरण गरिएको छ ।
वातावरण संरक्षण कार्यक्रम अन्र्तगत चन्द्रगढी वन क्षेत्रभित्र पर्ने ऐतिहासिक स्थल चन्द्रगढ क्षेत्रको लगभग २ विघाह क्षेत्रफलमा विभिन्न जातका एकहजार बढी विरुवाहरु रोपिएको हो ।
वृक्षारोपण कार्यक्रम भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेलले कार्यक्रमको उद्घाटन गर्दै स्वस्थ वातावरणका लागि वन जंगलको सम्वद्र्धन र संरक्षण गर्नु पर्ने बताए ।
समूह अध्यक्ष दुर्गाप्रसाद भट्टराईको अध्यक्षता तथा सचिव पार्वती मल्लले संञ्चालन गरेको कार्यक्रममा डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राई, भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्की लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा समूहमा आबद्ध उपभोक्ता, नजिकका विभिन्न विद्यालय, सामाजिक संघ संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।