एनआइसी एसिया बैंक कचनकवलले विमा वापत दश लाख दियो

भद्रपुर । एनआइसी एसिया बैंक कचनकवल शाखाले सेवाग्राही खाता सञ्चालकलाई दुर्घटना विमा वापत दश लाख हस्तान्तरण गरेको छ ।
सर्वश्रेष्ठ कचनकवल गाउँपालिका बचत खाता खोल्ने स्व. टीका माया दहालको दुर्घटना विमा रकम बैंकले उनका श्रीमान् ओमबहादुर दहाललाई रू १०,००,०००÷– (अक्षरूपी दश लाख) को चेक बैंकको शाखा कार्यलय कचनकवलमा हस्तान्तरण गरिएको हो ।
कचनकवल १ सोमबारे निवासी ओमबहादुर दहालकी श्रीमती टिकामाया दहालको मिति २०८० फागुन ३ गते विषालु सर्पको टोकेर निधन भएको थियो ।
बैङ्कको नियमअनुसार सर्वश्रेष्ठ कचनकवल बचत खाता संचालन गरेवापत खातावाला सहित परिवारका अन्य ३ जनालाई घातक रोग बिमा, दूर्घटना बिमा तथा औषधि उपचार बिमा रहने व्यवस्था अनुसार सो रकम बराबरको चेक एनआइसी एसिया बैंक कोशी प्रदेश क्षेत्रीय उप–प्रमुख डेनराज सुब्बा र कचनकवल गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसादसिंह राजवंशीले संयुक्त रूपमा मृतकका श्रीमान् दहाललाई बैंकको कार्यालयमा हस्तान्तरण गरिएको जानकारी कचनकवल शाखा कार्यालयका शाखा प्रवन्धक पुष्कर अधिकारीले जानकारी गराएका छन् ।