झापा कारागारका ९ कैदी बन्दी रिहा

भद्रपुर । अपराधमा संलग्न भएका कैदी बन्दीले अदालतले तोकेको धरौटी रकम समेत तिर्न नसकेर झापा कारागारमा कैद भुक्तान गरिरहेका ९ जना कैदी बन्दी मुक्त भएका छन् ।
सामान्य धरौटी रकम भुक्तान गर्न नसकेर झापा कारागारमा कैदी जीवन विताइरहेका ९ जनालाई कैदी बन्दी समाजसेवी दिनबन्धु गोयलले धरौटी रकम जम्मा गरेर कैद मुक्त गराएका हुन् ।
विभिन्न अभियोग लागेर अदालतले बिगो वापतको रकम वुझाउन आदेश दिएको भए पनि सामान्य धरौटी रकम पनि वुझाउन नसकेका कैदीहरुलाई सामान्य धरौटीमा कारवासमा बस्नु पर्ने बाध्यताबाट मुक्त गर्न रकम भुक्तान गरिदिएको गोयलले जानकारी दिए ।
झापा कारागारमा बुधबार भएको कार्यक्रममा पाँचहजार देखि २० हजारसम्म धरौटी तिर्न नसकेका कैदीहरुलाई जम्मा ९१ हजार भुक्तानी गरी रिहा गरिएको जनाइएको छ ।
कार्यक्रममा अधिवक्ता सुरज खत्री वैतनिक अधिवक्ता तारा बाह्रकोटी, उद्योगीहरु विनय गोयल, दिपेश ढकाल, कारागार प्रमुख रेवन्त भट्टराई लगायतको उपस्थिति रहेको थियो ।