कचनकवल इस्टुको अध्यक्षमा भानुप्रताप राजवंशी

भद्रपुर । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) कचनकवल गाउँपालिका समितिको दोस्रो अधिवेशनले भानुप्रताप राजवंशीको अध्यक्षतामा १३ सदस्यीय नयाँ समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा चक्रबन्धु अर्याल, सचिव अजित कार्की, सहसचिव घनेन्द्र रिजाल र कोषध्यक्षमा पुनम सापकोटा सर्वसम्मत चयन भएका हुन् ।

३ वर्षे कार्यकालका लागि गठित समितिका सदस्यहरूमा क्रमशः हिमा लामिछाने, मिरा तामाङ, राजन भट्टराई, अर्जुन पोखरेल, सविना तिम्सेना, गंगा कार्की, सुवास लावा र कमला यादव रहेका छन् ।

निर्वतमान अध्यक्ष घनश्याम अर्यालको अध्यक्षता तथा इस्टु कोशी प्रदेश सहसचिव राजु वरालको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन सभामा कचनकवल ६ का वडाध्यक्ष चिन्तामणि खरेल, शिक्षक युनियन कचनकवल अध्यक्ष भैरव राजवंशी, इस्टु झापाका वरिष्ठ उपाध्यक्ष युवराज दाहाल, कचनकवल माविका संस्थापक प्रिन्सिपल खगेन्द्र पाण्डे लगायतले शुभकामना मन्तव्य राख्दै संस्थागत विद्यालयले गुणस्तरीय शिक्षामा दिएको योगदान त्यहा कार्यरत शिक्षक कर्मचारीको रगत पसिना भएकाले वर्तमान कानुन अनुसार पारिश्रमिक दिन पछि हट्नु नहुने धारणा राखेका थिए ।