आधारभूत पत्रकारिता तालिम
भद्रपुर । भद्रपुर प्रेस क्लबको आयोजनामा भद्रपुर नगरपालिकाको आर्थिक सहयोगमा दुई दिने आधारभूत पत्रकारिता तालिम तथा कार्यशाला सुरू गरिएको छ । क्लबका अध्यक्ष राजबाबु शंकरको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा नगरभित्र रहेका नव प्रवेशी एवम कृयाशील पत्रकारहरूको क्षमता अभिवृद्धि लक्षित गरेर तालिम सञ्चालन गरिएको हो ।
बरिष्ठ पत्रकार युवराज गौतमले प्रशिक्षण प्रदान गरिरहेको प्रशिक्षण कार्यक्रमको उद्घाटन शत्रमा नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरी, कोशी प्रदेशा पूर्वा मन्त्री ओमप्रकाश सरावगी, भद्रपुर ८ का वडाध्यक्ष गौरव सुब्बा मनोज लगायतले शुभकामना मन्तव्य राखेका थिए भने भद्रपुरमा पत्रकारिता गरिरहेका २० जना बढी पत्रकारले प्रशिक्षणमा सहभागिता जनाएका छन् ।
यस अघि आजै विहान चन्द्रगढी स्थित नेपाल पत्रकार महासंघ झापा शाखाको भवनको माथिल्लो तलामा प्रेश क्लव भद्रपुरको कार्यालय संचालनका लागि निर्माण गर्ने तलाको भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोख्रेलले शिलान्यास गर्नु भएको थियो ।