झापामा पाठ्यपुस्तकको अभाव
भद्रपुर । झापामा बिद्यार्थीले, पाठ्यपुस्तक अभावको समस्या बर्षेनी झेल्दै आएका छन । बिद्यार्थीलाई पाठ्यपुस्तक प्राप्त नहुने यो पुरानो रोग हो । बिगतका शैक्षिकसत्रमा पनि परीक्षाको मुखमा आईपुग्दासमेत बिद्यार्थीले पाठ्यपुस्तक नपाएको उदाहरण ज्वलन्त छन । बिद्यार्थीमाथि पर्ने यो पीडा अवको शैक्षिकसत्रमा पनि पर्ने लक्षणको शुरुवात भएको छ ।
आजबाट नयाँ शैक्षिक सत्र शुरु भए पनि पाठ्य पुस्तकको अभावको पुरानो रोग पुनः देखापरेको छ । आज सामुदायिक बिद्यालयहरुमा पाठ्यपुस्तक बितरण गर्ने तयारी गरिएको भएपनि पाठ्यपुस्तक उपलब्ध भएनन । धुलाबारी नमुना माध्यमिक बिद्यालयका प्रध्यानाध्यापक महेन्द्र बिलास लुइटेलले कक्षा १ देखि ५ सम्मको पुस्तक आएपनि कक्षा ६ देखि १० सम्मको भने पाठ्यपुस्तक उपलब्ध हुन नसकेकोे बताए ।
यसैगरी निजीक्षेत्रका बिद्यालयहरुको पनि अवस्था उस्तै छ । निजी क्षेत्रका बिद्यालयको ५–८ र १० कक्षाको पुस्तक उपलब्ध नभएको पुस्तक व्यवसायी मनोज घिमिरेले बताए । बिशेषगरी निजी बिद्यालयमा ५० भन्दा बढि प्रकाशन गृहका पुस्तक पठनपाठन हुने गरेकोले समयमै पुस्तक नपाउनुका साथै पुस्तक खोज्न पनि समस्या पर्ने गरेको अभिभावकहरुले गुनासो गर्ने गरेका छन ।