स्थानीय

साहराका परियोजना बारे जिल्ला स्तरीय बैठक सम्पन्न

भद्रपुर । सहारा नेपाल विर्तामोड २ को मातहतमा चलिरहेका झापा जिल्लास्तरीय परियोजना सल्लाहकार समितिको बैठक सम्पन्न भएको छ ।

जिल्ला समन्वय समिति झापाको संयोजना तथा सहारा नेपालको आयोजनामा सरोकारवालासित परियोजना बारे छफल गर्दै बैठक सम्पन्न भएको हो ।

सहारा नेपालले सञ्चालन गर्दै आएका विभिन्न कार्यक्रमका बारेमा जानकारी दिने र कार्यक्रम बारे सरोकारवालसित सुझाव संकलन गर्ने उद्देश्यले बैठक आयोजना गरिएको जनाइएको छ ।

बैठकमा सहारा नेपालले सञ्चालन गर्दै आएको विश्वास परियोजना, सुरक्षित आवास, वित्तीय साक्षरता लगायतका विषयमा जानकारी गराइएको थियो । सहारा नेपालले सञ्चालन गर्दै आएको विश्वास परियोजनाका संयोजक पवन राई, सुरक्षित आवासका बारेमा नविन लामिछाने र वित्तीय साक्षरताका बारेमा कृष्ण गौतमले जानकारी दिएका थिए ।

झापा र मोरङमा सञ्चालित विश्वस परियोजना अन्तरगत उपेक्षित उष्णप्रदेशीय १० प्रकारका रोग नियन्त्रण एवम् निर्मूलन पार्न स्थानीय र प्रदेश सरकारलाई परियोजना अन्तरगत सहयोग गरिँदै आएको कार्यक्रम संयोजक राईले जानकारी दिए ।

त्यस्तै, नागरिकमा अवासको हक सुनिश्चित गर्न सुरक्षित आवास कार्यक्रम सञ्चालन गरिएको र हालसम्म १५९ वटा सुरक्षित आवास निर्माण गरिएको नविन लामिछानेको भनाइ छ । सुरक्षित आवास निर्माणबाट लक्षित वर्गको चौतर्फी विकासमा सहयोग मिलेको उनले प्रष्ट पारेका थिए ।

त्यस्तै, वित्तीय सारक्षता मार्फत् आम्दानी भएको पैसालाई जोगाएर भविष्यमा आइपर्ने आर्थिक समस्या साधान गर्न सिकाउन सचेनामूलक कार्यक्रम सञ्चालन गरिँदैएको संस्थाका कृष्ण गौतमले बताउनुभयो । विशेष गरेर विपन्न र महिलाहरुलाई कार्यक्रममा समेटर वित्तीय ज्ञान प्रदान गरिँदै आएको उहाँले बताउनुभयो । सचेनामूलक तरिका र पाठ्यक्रम नै तयार पारेर दुई प्रकारले वित्तीय साक्षरता प्रदान गरिँदै आएको गौतमले बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले सहारा नेपालले स्वास्थ्य क्षेत्रमा गर्दै आएको कामको प्रशंसा गर्दै सरकारले सञ्चालन गरेको भन्दा भिन्न प्रकारका कार्यक्रमहरु सञ्चालन गर्न सुझाव दिनुभयो ।

सहारा नेपालले गर्दै आएको काममा स्थानीय सरकार हातेमालो गर्न तयार रहेको हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र लिङ्देनले बताउनुभयो । उहाँले स्थानीय तहले मात्र सबै काम गर्न नसक्ने भएकाले सबैको सहयोग र सहकार्य जरुरी रहेको बताउनुभयो ।

त्यस्तै, कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटीले समाज रुपान्तरणमा सबैको उत्तिकै भूमिका हुने बताएकी छिन् । उनले माछा दिनुभन्दा पनि माछा समाएर आफैं खान सक्ने बनाउनुपर्नेमा जोड दिइन् ।

जिल्ला समन्वय समिति झापाका अध्यक्ष विश्वनाथ बरालको अध्यक्षतामा सम्पन्न बैठकमा भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेश पोखरेल, सहायक प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद न्यौपाने, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, रेडक्रस भद्रपुरका सभापति गोपाल गिरी, गैसस महासंघ झापाका अध्यक्ष कृष्णप्रसाद दंगाल, सहरा नेपालका कार्य समिति सदस्य फडिन्द्र भण्डारी, डिबि भारती लगायतको उपस्थिति रहेको थियो ।