भद्रपुर ९ स्थित हडिया निन्दा किनारमा घाट निर्माण हुने
भद्रपुर । भद्रपुर नगरपालिका ९ स्थित हडिया निन्दा खोलामा घाट निर्माणका लागि अम्बिका पोखरेलको अध्यक्षतामा १५ सदस्यीय निर्माण समिति गठन गरिएको छ ।
नयाँ वर्ष तथा सिरूवा पर्वको अवसरमा भृकुटी युवा परिवारले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सिर्जनात्मक कार्यका रूपमा रूपान्तरण गर्दै स्वर्गद्वारी घाट निर्माण समिति गठन गरिएको हो ।
जसको उपाध्यक्षमा उर्मिला सापकोटा र ताराचन राजवंशी, महासचिव लिला घिमिरे, सचिव पानीलाल राजवंशी र विमला भट्टराई, कोषध्यक्ष भरत लम्साल भास्कर, सहकोषध्यक्ष सुकलाल राजवंशीलाई निर्विरोध चयन गरिएको छ ।
यस्तै सदस्यहरूमा क्रमशः सागर घिमिरे, माहावीर मित्रुका, ज्ञानबहादुर राई, धनप्रसाद शिवाकोटी, सुनिता राजवंशी र भृकुटी युवा परिवारका अध्यक्ष डिल्लीराम अधिकारी पदेन सदस्यका रूपमा चयन भएका छन् ।
भृकुटी युवा परिवारका अध्यक्ष डिल्लीराम अधिकारीको अध्यक्षता तथा भद्रपुर नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उपप्रमुख राधा कार्की, भद्रपुर ८ का वडाध्यक्ष गौरव सुब्बा मनोज, ९ का वडाध्यक्ष रामप्रसाद दाहाल लगायतले मन्तव्य राख्दै घाट निर्माणका लागि सहगोग गर्ने प्रतिबद्धता राखेका थिए ।