प्रजातन्त्र पुनस्थापन दिवसको अवसरमा विचार गोष्ठी सम्पन्न

भद्रपुर । नेपाली काँग्रेस भद्रपुर नगर समितिले बहुदलीय प्रजातन्त्र पुनस्थापन दिवशको अवसर पारेर विचार गोष्ठी सम्पन्न गरेको छ ।

नगर सभापति रामबहादुर कँडेलको सभापतित्व तथा केन्द्रीय सदस्य शुशिला ढकालको प्रमुख आतिथ्यमा भद्रपुरमा विचार गोष्ठी सम्पन्न गरिएको हो ।

काँग्रेसमा आबद्ध नगरका अगुवा कार्यकर्ताको सहभागिता रहेको कार्यक्रममा बहुदलीय व्यवस्थाले आमूल परिवर्त ल्याए पनि नागरिकको जीवन स्तर उकास्न सक्ने कार्यक्रम नआएको गुनासो पोखेका थिए ।

सहभागी वक्ताहरूले नेपाली काँग्रेसकै कारण देशमा निरंङ्कुशताको अन्त्य भइ प्रजातन्त्र, लोकतन्त्र र संघीय गणतन्त्र नेपालको शासकीय स्वरूप प्राप्त भएकोमा गौरवको अनुभूति हुने भन्दै जनाधिकारका लागि लडिरहेको पार्टीमाथि चौतर्फी घेराबन्दी बढेकोमा चिन्ता समेत व्यक्त गरेका थिए ।