चन्द्रगढी खानेपानीको २० औं सभा सम्पन्न
भद्रपुर । चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाई समिति भद्रपुर १० को २० औ वार्षिक साधारण सभा सम्पन्न गरिएको छ ।
साविकको चन्द्रगढीमा रहेर भद्रपुर नगर क्षेत्रकै सर्वाधिक उपभोक्तालाई पिउने पानी वितरण गरिरहेको समितिले परिषद भेला मार्फत वार्षिक साधारण सभा सम्पन्न गरेको हो ।
भद्रपुर नगर उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा समितिका अध्यक्ष पुरुषोत्तम अधिकारीले संस्थाको आगामी वर्षको नीति तथा कार्यक्रम सहित बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आ. व. २०७८।७९ को असार मसान्त सम्ममा २ करोड ५८ लाख ९८ हजार ३ सय ९४ रुपैया आम्दानी तथा १ करोड ५९ लाख ५ हजार ३ सय ३९ रुपैया खर्च सहितकोे प्रतिवेदन प्रस्तुत गरेका थिए । अध्यक्ष अधिकारीले निर्माणाधिन सडक विस्तारका क्रममा समितिको क्षेत्र भित्र पाइप लाइनमा क्षति हुने क्रम नरोकिएका कारण उपभोक्तालाई शुद्ध पिउने पानी वितरणमा समस्या परेको उल्लेख गरेका छन् ।
सभामा भद्रपुर नगरपालिका वडा नम्वर २ का अध्यक्ष रामबहादुर कँडेल, ७ का वडाध्यक्ष अभिषेक ढुंगाना, १० का वडाध्यक्ष टेकबहादुर खड्का काजी, नेपाली काँग्रेसका नेता देवेन्द्र ढुंगाना, नेकपा एमालेका नेता असारु राजवंशी , पूर्व अध्यक्ष अम्वरवहादुर कार्की लगायतले कार्यक्रममा शुभकामना मन्तव्य राख्दै शुद्घ खानेपानी वितरणमा समितिका प्रयासलाई निरन्तर सहयोगको प्रतिबद्धता व्यक्त गरेका थिए ।