रास्वपा बाह्रदशीको सभापतिमा बजगाईं
बाह्रदशी । राष्ट्रिय स्वतन्त्र पार्टी बाह्रदशीको सभापतिमा सोमनाथ बजगाईंले निरन्तरता पाएका छन । आज भएको पालिकाको प्रथम भेलाले सर्बसम्मतबाट समितिका ९ पदाधिकारी चयन गरेको हो । जसअनुसार, पालिकाको उपसभापतिमा कल्पना राजवंशी, सचिवमा कमल बानियाँ, कोषाध्यक्षमा भिम राजवंशी चयन भएका छन । त्यस्तै सदस्यहरुमा कमल मैनाली, नगेन्द्र पाठक, पबित्रादेवी तामाङ्ग, राजेन्द्र उप्रेती र बिनोदकुमार भुजेल चुनिएका छन ।
सम्पन्न भेलाले वडाका संयोजक पनि तोकेको छ । वडा १ को संयोजकको जिम्मेवारी बिदुर बस्नेतले पाएका छन । त्यस्तै वडा २ को धिरज गिरी, वडा ३ को पशुपति पाण्डे र वडा ५ कोे जिम्मेवारी बिश्वबिक्रम राजवंशीले पाएका छन ।
पार्टीका जिल्ला समिति सभापति उमेश खरेलको प्रमुख आतिथ्यतामा भएको भेलामा प्रदेश समिति सदस्यहरु ओमनाथ भण्डारी, गोबिन्द भट्टराई, नारायण घिमिरे, जिल्ला सचिव प्रकाश पाठक लगायतले मन्तब्य राखेका थिए । प्रदेश समितिको विस्तारित बैठक लगत्तै रास्वपाले संगठन बिस्तारको कामलाई तिब्रता दिएको हो ।